नेपाली फिल्ममा सन्नी लियोनको ठुम्का

नेपाली फिल्ममा सन्नी  लियोनको ठुम्का

भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् ।

कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् ।

सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । सम्राट् बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको मागअनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफरसहितको टिमले निर्देशन गरेको हो ।

३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् ।

सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले ‘पासवर्ड’ निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.