मेटाइयो ‘नालायक म’

मेटाइयो ‘नालायक म’

काठमाडौं : वीर अस्पतालबाट भोटाहिटी जाने बाटोको भित्तामा गत शनिबार खोज समूहले एउटा चित्र बनायो। शीर्षक थियो ‘नालायक म’। हरेक व्यक्तिले आफूलाई हेरेर आफ्नो मूल्यांकन गर्नुपर्ने तथ्य स्विकार्दै कलाकार लक्ष्मण        श्रेष्ठ र शिवकुमार        श्रेष्ठलगायतको खोज समूहले उक्त चित्र तयार पारेको हो। उनीहरूले शनिबार बिहान ७ बजेदेखि करिब दिउँसो २ बजेसम्म नन्स्टप स्ट्रिट पेन्टिङ गरिरहेका थिए। बाटो हिँड्नेले के गरेका होलान् भन्दै चाख मानेर हेर्थे।

ड्युटीमा रहेका प्रहरी पनि आएर ध्यान दिएर हेर्थे। सात÷आठ घण्टा मेहनत गरेर चित्र तयार भयो। कलाकारको समूह घरतिर लाग्यो। अर्को दिन बिहान आफूले बनाएको चित्र हेर्न लक्ष्मण        श्रेष्ठ भोटाहिटी पुगे। विडम्बना उनीहरूको चित्र सेतो रङले मेटाइएको थियो। भित्तो सेताम्मे थियो। छेउमै रहेको ‘डेढ सरकार’ शीर्षकको उनीहरूकै चित्रमा पनि सेतो रङ पोतिएको थियो। चित्रको नामनिसान नै थिएन।

चित्र मेटिएको देखेर आक्रोशित छन्, श्रेष्ठ। भन्छन्, ‘यो सरकार चित्रसँग पनि डराउँछ। एउटा कलाकारले सिर्जना गरेको विचारसँग तर्सनेहरू छन् यहाँ। विचार राख्नेलाई कहिलेसम्म थुन्न सकिन्छ र ? ’ उनको चित्रमा सेतो पोतिएको यो पहिलो पल्ट भने होइन। यसअघि यही ठाउँमा बनाइएको ‘डेढ सरकार’ नामक चित्र पनि पटकपटक मेटाइएको थियो। चित्र कसले मेटाएको भन्ने यकिन छैन तर उनलाई महानगरपालिकाले नै मेटाएको होला भन्ने आशंका छ। परिवर्तन नचाहने जो कोहीले यो कुकर्म गर्न सक्ने उनको शंका छ।

भूकम्पपछि भारतले लगाएको नाकाबन्दीका बेला पेट्रोल र ग्यासमा कालोबजारी खुब बढेको थियो। यसैको विरोध गर्दै उनले भृकुटीमण्डपमा ‘ग्यास सिलिन्डरमा मिडिल फिंगर’ शीर्षकको चित्र बनाएका थिए। केही दिनपछि महानगरको कुनै कर्मचारीले अश्लील चित्र किन बनाएको भन्दै फोन गरे।

हरियो, रातो, कालो, पहेलो अनेक रङ छ्यापेर ‘नालायक म’ चित्रलाई बहुअर्थी बनाइएको छ। कुनै युवक भीडमा हराएजस्तो देखिन्छ, जताततै भद्रगोल देखिएको छ। यसले अहिलेको राजनीतिक संस्कारको प्रतिविम्बित गर्छ।        श्रेष्ठ भन्छन्, ‘आजका हरेक मान्छे आफ्नो व्यक्तिगत काम र स्वार्थका लागि रात दिन काम गर्छ। तर समाज, संस्कृति र मानवीय संवेदना जोडिने विषयमा चुप लाग्छ। आफ्नै अगाडि मन्दिर मासिएको देख्छौं तर चुपचाप छौं। आँखै अगाडि अन्याय भएको देखिरहेका छौं तर बोल्दैनौं। गलत मानिसलाई सत्तामा पुर्‍याउँछैाँ, आखिर हामी सब नालायक हौं।’ यो चित्रले हरेकलाई आत्ममूल्यांकन गर्न बाध्य बनाउने उनको दाबी छ।

विगत चार वर्षदेखि काठमाडैाँमा ‘खोज’ नामक आर्टिस्ट समूह सक्रिय छ। उनीहरूले सहरका खाली भित्ताहरूमा अर्थपूर्ण चित्र बनाउँदै आएका छन्। भीमसेन गोलादेखि मध्यबानेश्वर आउने बाटोको भित्तामा उनीहरूले सिलसिलाबद्ध शीर्षकमा चित्र बनाएका छन्।

सडकमा पेन्टिङ किन त ?        समाजका सबै मान्छेको साझा ठाउँ हो सडक। यहाँ समाजका अति विपन्नदेखि अति सम्पन्न मानिसलाई पनि सडकमै भेटिन्छ। आर्ट प्रदर्शन गर्ने र आफ्ना कुरा बताउने उपयुक्त ठाउँको रूपमा सडकलाई प्रयोग गर्ने गरेको उनले बताए। आर्टले सबैलाई समान मानिसको रूपमा हेर्छ। हरेकले आफ्नो बुझाइअनुसार आर्टलाई महसुस गर्ने हुनाले स्ट्रिट पेन्टिङ जरुरी ठान्छन् उनी।

महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख उत्तमराज सुवेदीका अनुसार सार्वजनिक ठाउँमा अश्लील चित्र बनाउने तथा राष्ट्रियतामा खलल पुग्ने खालका सामग्री प्रहरी परिचालन गरेर मेट्ने गरिएको छ। तर अहिलेको यो चित्र मेटिनुमा प्रहरीको भूमिका नभएको उनले बताए। काठमाडांैका सडक, भित्ता सरसफाइको जिम्मा महानगरपालिकाको भएकाले आफूलाई यस विषयमा जानकारी नभएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.