लागुऔषध बेचबिखनका फरार आरोपित पक्राउ

लागुऔषध बेचबिखनका फरार आरोपित पक्राउ

गुलरिया : प्रहरीले लागुऔषध बेचबिखनको आरोपमा फरार रहेका दुईजनालाई पक्राउ गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ बस्ने ३३ वर्षीय शौरभ शाह र १ बस्ने २९ वर्षीय जगत भन्ने लक्ष्मण जोशीलाई इलाका प्रहरी कार्यालय बग्नाहाको टोलीले पक्राउ गरेको हो।

केही महिनाअघि प्रहरीले ९ ग्राम २०० मिलिग्राम ब्राउनसुगरसहित ठाकुरबाबा नपा १ बस्ने २९वर्षीय शिवराज पन्थलाई पक्राउ गरिसकेको छ। सोही घटनामा ती दुईजना फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए।

पक्राउ गरिएका दुवैजनालाई बर्दिया जिल्ला अदालत बुझाइएको र र्पुपक्षका लागि कारागार चलान भएको डीएसपी महराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.