मार्तडीमा मापदण्ड विपरीत मासु तथा डेरी पसल संचालनमा
बाजुरा : सदरमुकाम मार्तडीमा संचालन गरिएका मासु तथा डेरी पसाल नेपाल सरकारले संचालन गर्नुपर्ने मापदण्ड विपरीत संचालन गरिएको पाइएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराको आयोजनामा बजार अनुगमनको क्रममा यस्तो भेटिएको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्लले जानकारी दिए।
अनुगमनमा बडिमालिका नगरपालिका, जिल्ला प्रशासन, उद्योग बाणीज्य संघ, कोलेनीका, प्रहरी, पत्ररकार, सरोकारवाला सहितले अनुगमन गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. शंकर पाण्डेले बताए।
सदरमुकाम रहेको बडिमालिका नगरपालिका मार्तडी बजारमा संचालनमा रहेका ११ पसलको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कुनै पनि पसलले मुल्य सूची नराखेको पाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका शिद्धराज जैशीले बताए।
अनुगमनमा १३ वटा मापदण्ड हेरिएको थियो। सरसफाइको व्यवस्थापन, मुल्य सूची, दर्ता नविकरणको प्रमाण पत्र, डिप फ्रिजको व्यवस्थापनलगाएका मापदण्ड हेरिएको थियो। धेरै पसलले मापदण्डअनुसार सरसरफाइ, दर्ता नविरकण, फ्रीजको व्यवस्था राम्रो नभएको पाइएको अनुगमनका सदस्या नेपाल पत्रकार महासघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले बताए।
पहिलो पटक सुझाब दिएको छ, आगामी दिनमा मापदण्डअनुसार व्यवसाय नगरेको पाइए कानुनअनुसार कारबाही गरिने सहयक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्ले बताए। बाजुरा जिल्लामा ९ वटा स्थानीय तह रहेका छन्। सदरमुकाम रहेको मार्तडीभन्दा बाहेकका स्थानीय तह तथा बजारमा अनुगमन नहुने गरेको पत्रकार लक्ष्मीराज पाध्यायले बताए। कोल्टी, पिलिचौर, बाम्का, बेतालमाडौंलगायतका स्थानीय बजारमा अनुगमन भने नभएको स्थानीयले बताए।