प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई बालुवाटार बोलाए

प्रधानमन्त्रीले उपत्यकाका सांसदलाई बालुवाटार बोलाए

काठमाडौं : उपत्यकाका सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्। विवादित गुठी विधेयकको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदलाई बेलुका ३ बजे बालुवाटार बोलाएका हुन्।  

‘अब गुठी विधेयकलाई कसरी अगाडी बढाउन सकिन्छ र यसमा थप्नुपर्ने र सुधार गनुपर्ने कुराहरु के के होलान् भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्रीले संसदलाई सोमबार ३ बजे बालुवाटार बोलाउनु भएको छ’, प्रधानमन्त्रीका प्रेसविज्ञ कुन्दन अर्यालले भने,‘प्रत्यक्ष रुपमा आफै संलग्न भएर यो विवादलाई प्रधानमन्त्रीले टुंग्याउन खोज्‍नु भएको छ।’

संसद्‍मा पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीलगायत  देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। देशकै पहिचान समाप्त गर्न गुठी विधेयक ल्याएको संसदलाई संस्कृति प्रेमीको आरोप छ। 

विधेयक खारेजी माग गर्दै अघिल्लो हप्तादेखि सरोकारवाला सडक प्रदर्शनमा उत्रिएका छन्। गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजलगायतका मागहरु उनीहरूका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.