चुरे दिवसमा जाखोर तालमा वृक्षारोपण

चुरे दिवसमा जाखोर तालमा वृक्षारोपण

धनगढी : 'चुरेको माटो पानी जोगाऔं, तराई मधेश बचाऔं' भन्ने नाराका साथ सोमबार देशभर पाँचौँ वार्षिक चुरे दिवस मनाएको छ। कैलालीमा पनि जनचेतना मुलक कार्यक्रम र वृक्षारोपण गरिएको छ। धनगढीको जाखोर तालमा राष्ट्रपति चुरे तराई मधेश विकास समितिले वृक्षारोपण कार्यक्रम गरेको छ।

जाखोर ताल क्षेत्रको खाली ठाउँमा विभिन्न जातका विरुवा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको सहभागीतामा वृक्षारोपण गरिएको हो।

वातावरण संरक्षण गर्नका लागि बोटविरुवा संरक्षण आवश्यक भएको संरक्षणविधले जनाएका छन्।पछिल्लो समयमा चुरेमा भएको विनासले गर्दा तराईनै संकटमा परेको उनीहरुको दावी छ।

राष्ट्रपति चुरे तराई मधेश विकास समिति बोर्ड सदस्य विधुर भारतीले केन्द्र सरकार वन जोगाउन असफल भएकाले अब प्रदेश सरकारले वन संरक्षणमा जुट्नुपर्ने बताए। कैलाली नेपालको सबैभन्दा बढी चुरे क्षेत्र ओगटेको जिल्लामा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.