त्रिवि सेवा आयोगको मुलढोकामा ताला
काठमाडौं : त्रिवि सेवा आयोगको मूलढोकामै विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। त्रिवि सेवा आयोगको परीक्षामा भ्रष्टाचार भएको भन्दै जेठ ६ गतेबाट आयोगकै गेटमा रिले अनशन गरिररेहेका विद्यार्थीहरुले सोमबार ताला लगाएका हुन्।
त्रिवि सेवा आयोग खारेज गर्ने, त्रिविको भ्रष्ट पधादिकारी बरखास्त गर्ने र त्रिवि सेवा आयोगले निकालेको परीक्षा नतिजा खाेरेज गर्ने तीन बुँदे मागसहित मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) निकट विद्यार्थीहरु एक महिनादेखि सेवा आयोगकै गेटमा अनसन बसिरहेका छन् ।
त्रिवि सेवा आयोगका अध्यक्षको कार्यकक्षमा लगाएको ताला जेठ ३० गते प्रशासनले फुटाएकोले मूल गेटमा नै ताला लगाउन बाध्य भएको अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक सङ्घर्ष दाहालले जानकारी दिए।