एसईई नतिजा असार १० पछि, कम्प्युटरमा ‘इन्ट्री’ गर्ने काम सकियो
![एसईई नतिजा असार १० पछि, कम्प्युटरमा ‘इन्ट्री’ गर्ने काम सकियो](https://annapurnapost.prixacdn.net/media/albums/see_exam_at_dilibazar_saroj_baizu_3_20190408073622_bwj3A4q2ra.jpg)
काठमाडौं : यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आसार १० गते पछिमात्र सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार विभिन्न जिल्लाबाट आएका उत्तरपुस्तिकाको नतिजालाई कम्प्युटरमा ‘इन्ट्री’ गर्ने काम सम्पन्न भएको छ।
अब ती तथ्याङकलाई दोहोर्याएर परीक्षण गर्ने तथा अन्तिममा रुजु गर्नुपर्ने हुन्छ। परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार ती काम सम्पन्न गर्न न्यूनतम १० दिन लाग्छ। अधिकारीले भने, ‘हाम्रो लक्ष्य दोस्रो साताभित्रमा नतिजा सार्वजनिक गरिसक्ने हो। हेरौं कति सकिन्छ।’
पनिकामा पर्याप्त जनशक्ति नभएका कारण काम गर्न समस्या भएको पनि अधिकारीले बताए। एसईई परीक्षामा सहभागी हुन मुलुकभरबाट ४ लाख ८० हजारले फारम भरेका थिए। तीमध्ये कति जना परीक्षामा सहभागी भए भन्ने तथ्यांक आउन बाँकी छ।
चैत १० गतेबाट सुरु भएको परीक्षामा प्रशनपत्र बाहिरीएका कारण प्रदेश २ मा चैत २९ गते तथा अन्य प्रदेशमा चैत १९ गते नै सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)