नेकपाको राजनीतिक कार्यक्रममा कन्फ्युज हुनुपर्दैन : प्रचण्ड

नेकपाको राजनीतिक कार्यक्रममा कन्फ्युज हुनुपर्दैन : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक कार्यक्रम 'जनताको जनवाद' भएकोले कसैलाई पनि दुविधामा नपर्न आग्रह गरेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेकपाको राजनीतिक कार्यक्रम प्रष्ट नभएको भन्दै पार्टीकै नेताहरूले समेत प्रश्न उठाउन थालेका बेला अध्यक्ष दाहालले राजनीतिक कार्यक्रम प्रष्ट भएको बताएका हुन्।

माओवादी जनयुद्दका क्रममा मारिएका रितबहादुर खड्काको १७ औं स्मृति दिवसमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै दाहालले तत्कालीन पार्टीका दुवै धारका वरिष्ठ नेताहरूले ड्राफ्ट गरेको, सचिवालय र स्थायी समितिले अनुमोदन गरेको विचारमा कोही पनि दुविधामा पर्न नुहने बताएका हुन्।

‘कतिपय मानिसहरूले लक्ष्य राम्रोसँग नबुझेर कन्फ्युज हुन सक्ने हुन्छ। तर हाम्रो पार्टीले सामूहिक ढंगले राजनीतिक प्रतिवेदन तयार गर्दा हिजोका दुवै धारका वरिष्ठ नेताहरूको टिमबाट सर्वसम्मत ड्राफ्ट गरेर अनि पार्टी सचिवालय र स्थायी समितिबाट पारित गरेर हामी अब जाने बाटो यही हो भनेर प्रष्ट गरेर अगाडि बढेका छौं,’ दाहालले भने, ‘सिद्धान्तहीन भएर पार्टी एकता गरेको होइन। मार्क्सवादकै निर्देशन, पथप्रर्दशकमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ समाजवादतिर अगाडि बढेको जनताको जनवादको कार्यक्रम सहित जाने भनेर प्रष्ट लक्ष्यका साथ पार्टी एकता गरेका छौं।’

नेकपामा पार्टीकै सचिवालय सदस्य रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीभित्र विचारको प्रष्टता नभएको भन्दै तत्कालीन एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद नै पार्टीको कार्यक्रम हुनुपर्ने धारणा सार्वजनिक गर्न थालेपछि दाहालले पोखरेलप्रति संकेत गदै पछिल्लो अभिव्यक्ति दिएका हुन्।

उनले पार्टी एकताका क्रममा भएको वैचारिक राजनीतिक सहमतिप्रति इमान्दारी रहन पनि नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद, माओवादी जनयुद्ध र तिनले खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गर्दै अगाडि जानका लागि इतिहासका अनुभव, नीति कार्यक्रमलाई परिमार्जन गर्ने र विकसित गरेर लैजाने प्रष्ट मान्यताका साथ एकता भएको छ। यसमा इमानदारिता सबैले देखाउनुपर्छ।’ उनले पार्टी एकताको राजनीतिक दस्तावेजमा यी सवै विषय प्रष्टसँग उल्लेख भएको भन्दै कोही कसैलाई कन्फ्युजनमा नरहन आग्रह गरे।

‘हिजोका हाम्रा नीति कार्यक्रम राजतन्त्रविरुद्ध गणतन्त्रका पक्षमा, एकात्मकताका विरुद्ध, संघात्मकताका पक्षमा, समावेशीताको पक्षमा थिए, त्यसको सकारात्मक मूल्यांकन गरिएको छ हाम्रो प्रतिवेदनमा’, दाहालले भने।

यद्यपि उक्त राजनीतिक दस्तावेज भने नेकपाले अहिलेसम्म प्रकाशन गर्न सकेको छैन। सचिवालयले दुई अध्यक्षलाई दस्तावेज प्रकाशन गर्ने जिम्मा गत वर्ष नै दिएपनि प्रधानमन्त्री ओलीले अनिच्छा देखाउँदा दस्तावेज प्रकाशन हुन सकेको छैन।

कार्यक्रममा उद्योग मन्त्री मात्रिका यादवले नेताहरूमा पछिल्लो समय सामूहिकताको भावना नदेखिँदा पार्टीभित्र समस्या आइरहेको बताए।

‘कहिलेकाहिँ हाम्रो पार्टीभित्र मपाईँवाद हाबी होला कि भन्ने डर लागेको छ,’ मन्त्री यादवले भने, ‘सामूहिक छलफल छोडने, आलोचनाको पनि वास्ता नगर्ने प्रवृति देखा परेकोले समस्या आइरहेकोले त्यसलाई सच्चाउनुपर्छ।’

१७ जनाको अभिनन्दन

प्रतिष्ठानले रितबहादुर स्मृति दिवसको अवसरमा खडकासँग सहकार्य गरेका १७ जनालाई अभिनन्दन गरेको छ।

सहिद परिवार, बेपत्ता परिवार र पत्रकारहरूलाई कार्यक्रममा अभिनन्दन गरिएको प्रतिष्ठानका अध्यक्ष देवी खड्काले बताइन्। नागकिर दैनिकका प्रधानसम्पादक गुणराज लुईटेल, पत्रकार बलराम थापा र अन्नपूर्णका रामकृष्ण अधिकारी लगायतलाई प्रष्ठिानले अभिनन्दन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.