विद्यार्थीको धर्नामा प्रहरी हस्तक्षेप, १७ पक्राउ

विद्यार्थीको धर्नामा प्रहरी हस्तक्षेप, १७ पक्राउ

काठमाडौं : त्रिवि सेवा आयोगको परीक्षामा भएको अनियमतिताविरुद्ध एक महिनादेखि धर्नामा बसेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। सेवा आयोग कार्यालय गेटमा धर्नामा बसेका विद्यार्थीहरूलाई धरपकड गरी १७ जनालाई पक्राउ गरिएको अखिल क्रान्तिकारी काठमाडौं जिल्ला संयोजक संघर्ष दाहालले जानकारी दिए।

प्रहरीले भने १६ जनालाई पक्राउ गरेको बताएको छ। मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थीहरू आज २९ औँ दिन शान्तिपूर्ण धर्नामा थिए।

प्रहरीले संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहालसहित १७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासत भित्रै अनशन सुरु गरेका छन्।

सेवा आयोगका अध्यक्ष चैतन्य शर्मालगायत पदाधिकारी र नेताका आफन्तलाई अनियमित ढंगबाट लिखित परीक्षा उतीर्ण गराइएको भन्दै उनीहरू एक महिनादेखि अनसनमा थिए। उनीहरूलाई कालिमाटी वृत्तमा राखिएको छ। करिब पाँच बजे उनीहरूलाई पक्राउ गरिएको दाहालले बताए।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी देवेन्द्र पालले सेवा आयोगको मूलगेटमै ताला लगाएर कर्मचारी आवागमनमा अवरोध गरेपछि ताला खुलाइएको र सो क्रममा अवरोध गर्ने १६ जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका विद्यार्थीलाई थप के गर्ने भन्ने विषयमा माथिको निर्देशन कुरेर बसेको पालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.