नाइजेरियामा आत्मघाती हमला : कम्तिमा ३० मारिए, ४० घाइते
नाइजेरिया : नाइजेरियामा तीनवटा श्रृंखलावद्ध आत्मघाती बम हमला हुँदा ३० कम्तिमा जना मारिएका छन् । उत्तरपूर्वी क्षेत्रस्थित भएको यस आक्रमणलाई यस वर्षकै सर्वाधिक क्षति भएको आत्मघाती हमला मानिएको छ ।
बोर्नो राज्यबाट २५ किलोमिटर दूरीमा पर्ने कोन्दुगास्थित एक हलमा फुटबलका दर्शकले म्याच हेरिरहेको बेला बाहिर आक्रमण भएको थियो । जहाँ ३० जना मारिए ।
यस क्रममा ४० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समयअनुसार रातको ९ बजे हमला भएको थियो । घटनाको जिम्मेवारी कसैले नलिए पनि हतियारधारी समूह बोको हरामले आक्रमण गरेको हुनसक्ने आशंका छ ।