गुठी विधेयकबारे प्रधानमन्त्रीले भने- चाँडै यथोचित निर्णय

गुठी विधेयकबारे प्रधानमन्त्रीले भने- चाँडै यथोचित निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका विषयमा पार्टीनिकट काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

काठमाडौं उपत्यकाका नेकपाकातर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडाध्यक्षहरूसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न सांसदहरूले आफ्नो आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा,सांसदहरू पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका छन्। यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधेयकका विषयमा आफ्नो धारणा राखेका थिए।

जनप्रतिनिधिहरूको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.