शिक्षामन्त्रीले ‘गो’ भनेपछि जापानबाट उड्यो नेपाली भूउपग्रह

शिक्षामन्त्रीले ‘गो’ भनेपछि जापानबाट उड्यो नेपाली भूउपग्रह

काठमाडौं : नेपाली झण्डा बोकेको भू उपग्रह ‘नेपाल स्याट १’ सोमबार अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। जापानमा स्थानीय समय अनुसार साँझ सात बजेर १५ मिनेट जाँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले ‘गो’ भनेपछि अमेरिकी अन्तरिक्ष यात्री निक हेग नेतृत्वको ६ सदस्यीय टोलीले भू उपग्रह छाडेको थियो।

सोही अवसरमा नेपाली भू उपग्रह ‘नेपाल स्याट १’ सँगै श्रीलङकाको ‘रावण’, जापानको ‘इगोसी’, सिंगापुरको ‘स्पुकी १’ पनि छोडिएको पोखरेलका स्वकीय सचिव पुरन केसीले जापानबाट बताए। संयुक्त राष्ट्रसंघ र जापानको सहयोगमा नास्टका नेतृत्वमा नेपाली टोली आवास मास्के र हरिराम श्रेष्ठको सहभागितामा ‘नेपाल स्याट १’ तयार पारिएको थियो।

कार्यक्रममा मन्त्रिसहित जापानका लागि नेपाली राजदुत प्रतिभा राणा, नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठ, दुतावासका डिजीएम कृष्णचन्द्र अर्याल सहति मन्त्रीका स्वकीय सचिव केसी सहभागि थिए। सोही कार्यक्रममा जापान, श्रीलंका, सिंगापुर र उक्त कार्य गर्ने संस्था ज्याक्साको भाइस प्रसिडेन्ट लगायतको सहभागिता थियो।

कार्यक्रममा मन्त्री पोखरेलले नेपालले अन्तरिक्षमा यात्रा सुरु गरेकोले सहयोगी सबैलाई धन्यवाद दिए। अबको यात्रामा पनि विगतका जस्तै सहयोग गर्न अनुरोध गर्दै पोखरेलले नास्ट तथा भू उपग्रह निर्माणमा संलग्नलाई उनले धन्यवाद दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.