मजदुर आन्दोलनले पाँचतारे हायात होटल रित्तै

मजदुर आन्दोलनले पाँचतारे हायात होटल रित्तै

काठमाडौं : पूर्वसहमतिअनुसार सेवासुविधा माग गर्दै कर्मचारी आन्दोलित भएपछि पाँचतारे होटल हायात रिजेन्सी रित्तौ भएको छ। २ सय ८० कोठाको यो होटलमा कर्मचारीले खाइपाइआएको सुविधा कटौती नगर्न र व्यवस्थापनले यसअघि पटक–पटक दिएको सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

कर्मचारले कुनै नयाँ माग राखेको र पुरानै माग पूरा गर्न आग्रह गर्दा व्यवस्थापनले नमानेपछि ३ सय २० जनाले काम रोकेको हायात होटल अन्तर्गतको होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष मुक्ति दाहालले बताए।

दाहालको अनुसार कर्मचारले होटल बन्द नगराएको र काम मात्रै रोकेको भए पनि व्यवस्थापनले भने होटल खाली गराएको छ। भारतीय लगानीकर्ता राधेश्याम सर्राफसहितको लगानीको यो होटलमा रहेका पाहुनालाई सोही व्यवस्थापनको अर्को होटल दरवारमार्गको याक एन्ड यतिमा सारिएको छ। होटलमा कर्मचारीले आन्दोलन सुरु गरेदेखि होटल खुला भए पनि ५ दिनदेखि पर्यटकीय गतिविधि शून्य छ।

‘कर्मचारीको सामान्य मागलाई होटलले बेवास्था गरेर पन्छिइरहेको छ’, दाहालले भने। पब्लिकको लगानी रहेको यो होटल व्यवस्थापले त्यति सजिलै बन्द गर्छु भनेर सक्दैन। ‘हामीले राखेको जायज मागलाई पूरा नगर्न र सरकारी सम्पत्तिा र सेयर स्वामित्वमा हिनामिना गर्ने कम्पनीले मजदूरका मागलाई नटेरेको मात्रै हो’, दाहालले भने।

होटल सञ्चालनमा शान्ति सुरक्षा नभएको र पर्यटक व्यवस्थापनमा असहज हुँदा भएका पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए। उनका अनुसार होटलसँग आवद्घ आधिकारीक ट्रेड युनियनले पर्यटन, आवास, मोटेल, होटेल, रिसोर्ट सम्बन्धि सेवामा हडताल गर्न निषेध गरिएको व्यवस्थाविपरीत काम गरेकाले पर्यटकको बुकिङसमेत बन्द गरेको जानकारी दिए। उनका अनुसार होटलका ९५ प्रतिशत श्रमिक काम गर्न इच्छुक भएता पनि डर, धाक, धम्कीका कारण हालसम्म काममा फर्कन नसकेकोले निज इच्छुक भए पनि मजदुर युनियनले रोकेको दाबी गरे।

होटलको मानव संसाधन विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तीअनुसार मजदुर युनियनले अवैधानिक हड्ताललाई वैधानिकताको संज्ञा दिन विभिन्न प्रपञ्च रचेको दाबी गरिएको छ। कम्पनीको विरुद्घमा कपोल कल्पित एवं झूठा लाञ्छना स्वरूप कथित माग पूरा गरिदिन युनियनले आइतबार सरकारी अड्डा तथा विभन्न संघसंस्थमा पत्राचार गरेको र अन्य माध्यमको दुरुपयोग गरेको दाबी पनि होटलको छ।

होटलले भने कर्मचारीलाई दिने व्यवस्था गरिएको आवास सुविधा कोषमा रकम जम्मा गर्ने व्यवस्था हटाएको, विगतमा भएका सम्झौता कार्याव्यन नगरेको र कर्मचारीले पाउनुपर्ने बिमा, बिदा संचिति, सुत्केरी बिदा सुविधा नदिएको भन्दै गत बिहीबारदेखि आन्दोलित गरेको छन्। होटलले यस अघि गरेको सहमति र श्रम ऐन २०७४ मा भएको व्यवस्था कार्यान्वयन नगरेको होटल कर्मचारीको भनाइ छ।

कर्मचारीका अनुसार होटलले हालको वार्षिक ग्रेड ५ प्रतिशतलाई नौ प्रतिशत बनाउने, लामो समय बिरामी भएर कार्यालय आउन नसक्ने अवस्थामा एकमुष्ट ५ लाख उपचार रकमवापत दिने, सञ्चित बिदा र हाल पाउने ३ दिनको पुरुष सुत्केरी विदालाई कानुनले तोकेअनुसार १५ दिन दिनुपर्ने माग गरेका छन्।

यस्तो सेवा र सुविधा होटलले दिने भने पनि कार्यान्वयन नै नगर्ने समस्या बढेकाले पनि दबाब सिर्जना गर्न आन्दोलित गर्नुपरेको होटलको आधिकारीक कर्मचारी युनियनका अध्यक्ष दाहालले बताए। ४ सय ५० जना कर्मचारी रहेको छन्। युनियनमा आवद्घ ३ सय २० जनाले काम नगरेपछि होटल खुलेपनि बन्दसरह भएको पनि दाहालले बताए।

७४ लाख ४९ हजार कित्ता सेयर सूचिकृत भएको यो होटल सरकारी समिति तारागाउँ विकास समिति र भारतीय लगानीकर्ता राधेश्याम सर्राफसमूहको अन्तर्गत रहेको छ। होटलले सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट ९ प्रतिशतमा झारेको र ३ सय ४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.