लुगा बेच्द नोरा
बलिउडकी चर्चित कलाकार नोरा फतेहीले बैंककमा कपडा बेचेको भिडियो भाइरल भएको छ। भिडियोमा भुइँमै बसेकी उनले ग्राहकसँग मोलमोलाइ गर्दै कपडा देखाइरहेकी छन्। हालै प्रदर्शित सलमान खानको फिल्म ‘भारत’मा अभिनेत्री रहेकी नोरा अमेरिकी केटीको भूमिकामा देखिएकी छन्।
‘भारत’मा आफ्नो अभिनय सशक्त बनाउन उनले अंग्रेजी भाषाको प्रशिक्षणसमेत लिएकी थिइन्। नोरा यसअघि ‘दिलबर दिलबर’को शीर्ष गीतको अभिनयबाट पनि चर्चित छिन्। युट्युबमा यो गीत १२ करोडभन्दा बढीले हेरिसकेका छन्। नोरालाई फिल्म ‘बाहुबली’ले पनि प्रसिद्धिको उचाइमा पुर्यायो। नोरा आफू अभिनीत गीत सामाजिक सञ्जालमा प्रायः आफैं पोस्ट गरेर पनि चर्चामा रहन्छिन्। एजेन्सी