बंगलादेशको सानदार जित

बंगलादेशको सानदार जित

ब्रिस्टल : शकिव अल हसन र लिटोन दास चम्किएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेस्ट इन्डिजमाथि सानदार जित हात पारेको छ । काउन्टी ग्राउन्डमा सोमबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई सात विकेटले हरायो । वेस्ट इन्डिजले दिएको ३२२ रनको विजय लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा तीन विकेटकोे क्षतिमा लक्ष्य पूरा गरेको थियो । जारी विश्वकपमा बंगलादेशको यो दोस्रो जित हो ।

बंगलादेशको जितमा शकिव अल हसनले शतकीय पाली खेले । शकिवले अविजित १२४ रन बनाएका थिए । ९९ बलको सामना गरेका उनले १६ चौका हानेका थिए । सकिवको जारी विश्वकपमा दोस्रो शतक हो । उनले इङ्ल्यान्डविरुद्धको खेलमा पनि शतक बनाएका थिए । लिटोन दासले अविजित ९४ रनको योगदान दिए । शतकबाट ६ रनले टाढा रहेका लिटोनले ६९ बलमा चार छक्का र आठ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । तमिम इकबालले ४८ रन बनाए । ५३ बलमा उक्त रन जोडेका इकबालले ६ चौका हानेका थिए । शौम्य सरकारले २९ रन जोडेका थिए । वेस्ट इन्डिजका आन्द्रे रसेल र ओसेन थोमसले एक÷एक विकेट लिए ।

यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३२१ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर एभिन लेविस र तेस्रो नम्बरका ब्याट्सम्यान साई होपले उत्कृष्ट साझेदारी गरे । ओपनर क्रिस गेल शून्य रनमै पेभेलियन फर्किएपछि लेविस र होपले टोलीका लागि ११६ रनको साझेदारी गरेका थिए । गेल आउट हुँदा वेस्ट इन्डिजको स्कोर केवल ६ रन थियो । विकेटकिपर ब्याट्सम्यान होप केवल चार रनका कारण शतकबाट चुके । उनले १२१ बलको सामना गरी एक छक्का र चार चौकाको मद्दतले ९६ रन बनाए ।

होप बंगलादेशविरुद्घको खेलमा टोलीका लागि सधैं उपयोगी सिद्ध हुँदै आएका छन् । उनले हालसम्म बंगलादेशसँग खेलेको १० खेलमा ९४.७५ को औसतले कुल ७५८ रन बनाएका छन् । होपले बंगलादेशविरुद्घ प्रहार गरेको यो चौथो अर्धशतक हो । बंगलादेशविरुद्घ उनले तीनवटा शतक पनि बनाएका छन् । समग्रमा भने २५ वर्षीय होपले एकदिवसीय क्रिकेटमा बनाएको यो १२औं अर्धशतक हो । लेविसले पनि ७० रन बनाए । उनले ६७ बलको सामना गरी दुई छक्का र ६ वटा चौका प्रहार गरे । २७ वर्षीय लेविसले एकदिवसीय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो । क्यारेबियन टोलीका लागि सिमरोन हेटमेयरले पनि ५० रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका २२ वर्षीय सिमरोनले केवल २६ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । उनले एकदिवसीय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । कप्तान जासन होल्डरले १५ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३३ रन थपे । यसैगरी निकोलस पुरनले ३० बलमा एक छक्का र दुई चौकाको मद्दतले २५ रन जोडे भने ड्यारेन ब्राभोले १९ रन बनाए । ओसेन थोमस ६ रनमा अविजित रहे । वेस्ट इन्डिजले अतिरिक्त रुपमा २२ रन पाएको थियो । बंगलादेशका बलर मोहम्मद सफिउद्दिन र मुस्तफिजुर रहमानले तीन÷तीन विकेट लिए । सकिब अल हसनले पनि दुई विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.