विश्वकपमा १२ वर्षसम्म अपराजित अस्ट्रेलिया

विश्वकपमा १२ वर्षसम्म अपराजित अस्ट्रेलिया

विश्वकप क्रिकेटमा सबैभन्दा लामो समयसम्म अपराजित रहने टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले विश्वकपमा १२ वर्षसम्म अपराजित रहेर कीर्तिमान बनाएको थियो । यो प्रसंगसँग अर्को रमाइलो घटना पनि जोडिएको छ । १२ वर्षअघि विश्वकपमा अस्ट्रेलिया जुन टोलीसँग पराजित भएको थियो १२ वर्षपछि आएर त्यही टोलीले नै पुनः अस्ट्रेलियाको अपराजित यात्रा तोडेको थियो ।

 सन् १९९९ को विश्वकपको समूहगत चरणमा पाकिस्तानले अस्ट्रेलियालाई १० विकेटले पराजित गरेको थियो । त्यसपछि विश्वकपको कुनै पनि खेलमा अस्ट्रेलिया पराजित भएन । सन् १९९९ कै विश्वकपको फाइनलमा पनि अस्ट्रेलियाले पाकिस्तानलाई नै हराएर उपाधि चुम्यो ।

त्यसपछि अस्ट्रेलियाले एक खेल पनि नहारी सन् २००३ र सन् २००७ को विश्वकपको उपाधि पनि जित्यो । एकैपटक सन् २०११ को विश्वकपको समूहगत चरणमा आएर अस्ट्रेलियन टोली पुनः पाकिस्तानसँगै चार विकेटले पराजित भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.