सावित्राको सान

सावित्राको सान

काठमाडौं : महिला फुटबललाई गति दिन सक्ने खेलाडी हुन्, सावित्रा भण्डारी । उनी ब्राजिली फुटबलको प्रशंसक हुन्, त्यसैले आफैंले आफैंलाई ‘साम्बा’ भन्न पनि रुचाउँछिन् । ‘साम्बा’ भन्ने, तर खेल भने औसत ? त्यो त हुनु भएन् नै । धन्न, सावित्रा त्यस्ती छैनन् । सन् १९८० बाट नेपालमा महिला फुटबलमा जग बसेको मानिन्छ र त्यसयता नेपालले पाएका अब्बल दर्जाको एक खेलाडीमा पर्छिन्, उनी ।

सफल हुनु र चर्चामा रहनु दुई फरक परिस्थिति हो, सावित्रा भने उनी दुवैमा दरिलोसँग उपस्थित छिन् । नेपाली महिला फुटबलमा अझै धेरै हुन बाँकी छ, अझ भनौं केही भएकै छैन् । ठीक यही बेला नेपाली फुटबलले ठूलठूला सपना पनि बुनेको छ । साफ च्याम्पियनसिप मात्र जित्ने होइन, दक्षिण एसियाको घेरा तोडेर एसियाली फुटबलसम्म पहुँच बनाउने ।

यो परिस्थितिमा आस बनेर उभिएकी खेलाडी हुन्, सावित्रा । घरेलु फुटबलमा एपीएफबाट खेल्दा होस् अथवा नेपालको राष्ट्रिय टिमबाटै । खेलाडीको हूलबाट उनी ठ्याक्कै फरक देखिन्छिन्, अरू भन्दा तीव्र, चुस्त र स्तरीय । यसैमा टिकेर उनी वर्ष २०७५ मा लगातार चर्चामा पनि रहिन् । चर्चा कतिसम्म भने उनको जत्तिको लोकप्रियता अहिलेको पुरुष खेलाडीले पनि विरलै मात्र पाएका छन् होला ।

यस्तोमा उनी ‘एनएसजेएफ इन एसोसियसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिजेन्स बजाब पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा नपर्ने प्रश्न नै भएन् । स्पोर्ट्स अवार्डको यो विधामा पाँच प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा । सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।

वर्ष २०७५ मा सावित्राकै गतिलो योगदानका कारण नेपाली टोली भारतमा सम्पन्न हिरो गोल्डकपको फाइनलसम्म पुग्यो । त्यसै क्रममा नेपालले पहिलो पल्ट भारतलाई हरायो । विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपल्ट फाइनलमा भारतसँगै पराजित भयो । तर सावित्रा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमै छिन् ।

एपीएफले नै वर्ष २०७५ मा लिग जित्दा उनी सर्वाधिक गोलकर्ता मात्र भइनन्, उत्कृष्ट खेलाडी पनि बनिन् । नेपालले पहिलो पल्ट ओलम्पिक छनोटको दोस्रो चरण तय गर्दा पनि सावित्राको भूमिका कम थिएन । उनलाई अवार्ड दिलाउने जिम्मा अब उनकै प्रशंसकहरूको हातमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.