सौन्दर्य प्रतियोगिताका पर्याय

सौन्दर्य प्रतियोगिताका पर्याय

काठमाडौं : अहिले नेपाली बालबालिका, युवती तथा महिलाहरू विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएर टाइटल जित्न थालेका छन्। यसको श्रेय पाउनेमध्येका एक हुन्, हेरिटेज प्याजेन्टस् नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको आयोजक संस्था इप्लानेट प्रालिका सीईओ तथा मुभी हाउसका अध्यक्ष सन्तोष सापकोटा। सौन्दर्य प्रतियोगिताको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिधिमा उनले धेरै योगदान दिएका छन्।

विभिन्न सामाजिक संघसंस्थामा संलग्न सापकोटाले यस्तै सौन्दर्य प्रतियोगिताको दौरानमा ४० भन्दा बढी मुलुकको भ्रमण गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय अवार्ड र पुरस्कारबाट सम्मानित सापकोटा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, वल्र्ड ब्युटी कंग्रेस तथा लाइन्स क्लब इन्टरनेसनलसँग आबद्ध छन्।

सापकोटाको जन्म अप्रिल १२ सन् १९८१ मा काभ्रेपलाञ्चोकमा भएको हो। सौन्दर्य प्रतियोगिताको राष्ट्रिय परिधि हुँदै अन्तर्राष्ट्रिय परिवेशमा सफल छलाङ मारेका सापकोटाले क्यारियरको सुरुआत भने क्यामेरा पर्सनका रूपमा गरेका हुन्।

सौन्दर्य प्रतियोगिताका आयोजकका लागि प्रोडक्सन म्यानेजर भूमिका निर्वाह गर्दा गर्दै उनले आफ्नै मुभी हाउसको ब्यानरमा ६ देखि १३ वर्ष उमेरसमूह स्कुल अध्ययनरत बालिकाहरूमा केन्द्रित बाल सौन्दर्य प्रतियोगिता लिटिल मिस काठमाडौंको प्रारम्भ गरे। २०६४ मा सुरु गरिएको यो प्रतियोगितासँगै सोही वर्ष मिस टिन काठमाडौंको जन्म भयो। समयको निरन्तरतासँगै मुभी हाउस विस्तारै घरेलु परिवेशमा स्तरीय र सफल सौन्दर्य प्रतियोगिता आयोजन गर्ने संस्थाहरूको गन्तीमा देखिन पुग्यो। सन् २०१० सम्म आइपुग्दा सापकोटा सौन्दर्य प्रतियोगिताको सफल आयोजना, व्यवस्थापन र स्तरीय प्रस्तुति दिने संस्थाका प्रमुख व्यक्तिका रूपमा परिचित हुन पुगे।

उनी राजधानी र मोफसलका विभिन्न क्षेत्रमा सौन्दर्य प्रतियोगिताको आयोजना र व्यवस्थापनमा बढी सक्रिय रहे। मिसेस नेपाल, लिटिल मिस नेपाल, मिस इन्टरनेसनल नेपाल, मिस टिन इन्टरनेसनल नेपालजस्ता प्रतिष्ठित आयोजनाको सफल सञ्चालन गरेसँगै सापकोटाले अमेरिकाको न्युयोर्कस्थित इभेन्ट प्लानेट इन्क नामक संस्था स्थापना गरे। यो कम्पनीको ब्यानरमा सन् २०११ म अमेरिका बसोबास गर्ने अविवाहित नेपाली युवतीका केन्द्रित सौन्दर्य प्रतियोगिता मिस नेपाल यूएसको थालनी भयो।

अहिले सापकोटा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको नेपालका लागि नेसनल डाइरेक्टर रूपमा काम गरिरहेका छन्। सापकोटालाई इन्डोनिसियामा सम्पन्न एउटा विशेष समारोहबीच दूत नियुक्त गरिएको छ। नेसनल स्टेडियम इन्डोनेसियामा ३० हजार दर्शकको उपस्थितिमा सम्पन्न समारोहमा इन्डोनेसियाको प्राचीन राज्य कुतई मुलावर्मनका महाराजाले अतिविशिष्ट व्यक्तिको पदवी ‘दातो पदुका’ बाट सम्मान गरे। उनले रोयल कुतई मुलावर्मनका लागि नेपालका दूत नियुक्त गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.