पहिलो जितको खोजीमा अफगानिस्तान

पहिलो जितको खोजीमा अफगानिस्तान

म्यानचेस्टर : इङ्ल्यान्डले पाँचौं पटक विश्वकप क्रिकेटको आयोजना गर्दैछ। पहिलो संस्करणदेखि सहभागी भए पनि इङ्ल्यान्डले हालसम्म विश्वकपको उपाधि भने जित्न सकेको छैन। यस अर्थमा इङ्ल्यान्ड विश्वकपको सबैभन्दा अभागी राष्ट्र हो। यतिबेला विश्वकपको १२औं संस्करण पनि इङ्ल्यान्ड र वेल्समै आयोजना हुँदैछ।

तर, यसपटक परिस्थिति केही फरक देखिएको छ। अहिले इङ्ल्यान्डको टोली लयमा छ। पछिल्लो समय एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट देखिन्छ। टोलीमा युवा र अनुभवी खेलाडीबीच गजबको तालमेल पनि देखिन्छ। त्यसैले यसपटक इङ्ल्यान्डलाई उपाधि बलियो दाबेदारका रूपमा हेरिएको छ।

अर्कोतिर, विश्वकपमा अफगानिस्तानले खासै ठूलो अनुभव बटुलेको छैन। विश्वकपमा अफगानिस्तानको यो केवल दोस्रो सहभागिता हो। सन् २०१५ को विश्वकपमा पहिलो पटक सहभागिता जनाएको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो। त्यतिबेला अफगानिस्तानले स्टकल्यान्डलाई मात्र हराउन सकेको थियो। जारी विश्वकपमा पनि अफगानिस्तान सबैभन्दा कान्छो टोली हो।

जारी विश्वकपमा इङ्ल्यान्ड र अफगानिस्तान दुवैले चार÷चार खेल खेलिसकेका छन्। तीन जित र एक हारबाट ६ अंक बटुल्दै इङ्ल्यान्ड तालिकाको चौथो स्थानमा छ। अघिल्ला चारवटै खेलमा पराजित भएको अफगानिस्तान भने तालिकामा सबैभन्दा तल छ। अघिल्ला खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिका, बंगलादेश र वेस्ट इन्डिजलाई हराएको थियो भने पाकिस्तानसँग १४ रनले पराजित भएको थियो।

अफगानिस्तान भने अस्ट्रेलिया,       श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ। यस्तै परिस्थितिबीच मंगलबार हुने खेलमा तुलनात्मक रूपमा कमजोर देखिएको अफगानिस्तानले बलियो इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ।

यी दुई टोलीबीच यसअघि विश्वकपमा एकपटक मात्र भिडन्त भएको छ। सन् २०१५ को विश्वकपमा खेलिएको खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा नौ विकेटले हराएको थियो। यसदेखि बाहेक यी दुई टोली एकपटक मात्र आपसमा भिडेका छन्। जारी विश्वकपको गत मे २७ तारिखमा खेलिएको अभ्यास खेलमा पनि इङ्ल्यान्डले अफगानिस्तानलाई नौ विकेटले हराएको थियो।

यी दुई टोलीबीच खेल हुने ओल्ड ट्राफोर्ड मैदानमा इङ्ल्यान्डका मोइन अली सबैभन्दा सफल बलरका रूपमा देखिएका छन्। पछिल्लो समय उक्त मैदानमा अली सबैभन्दा सफल स्पिनर मानिन्छन्। अर्कोतिर इङ्ल्यान्डका लागि रसिद खान इङ्लिस ब्याट्सम्यानका लागि घातक बन्न सक्छन्। इङ्ल्यान्डका अनुभवी विकेटकिपर ब्याट्सम्यान जस बट्लरलाई रसिद खानले नै टीट्वेन्टी प्रतियोगितामा चार, आईपीएलमा तीन र बिग बासमा एकपटक आउट गराएका छन्।

मंगलबार खेल हुने पिच पनि स्पिनर रसिद खानका लागि उपयुक्त हुने खालको छ। अर्कोतिर अफगानिस्तानका ब्याट्सम्यान हसमतुल्लाह साहिदी एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्नबाट केवल ४६ रनले पछाडि छन्। त्यसैले उनी पनि यो कोसेढुंगा पार गर्ने प्रयासमा हुनेछन्।

इङ्ल्यान्डको टोली क्षमतावान् ब्याट्सम्यान र बलरहरूले भरिएको छ। तर, मंगलबार हुने खेलमा कप्तान इयोन मोर्गन र जासन रोयको चोट इङ्ल्यान्डको चिन्ताको विषय बन्न सक्छ। घरेलु मैदानमा खेलिएका पछिल्ला २१ मध्ये १९ एकदिवसीय खेलमा जित हात पारेकाले भने इङ्ल्यान्ड उत्साही देखिन्छ। पछिल्ला २१ मध्ये एक खेलमा मात्र इङ्ल्यान्ड पराजित भएको छ।

यसैगरी इङ्ल्यान्डले ओल्ड ट्राफोर्डमा खेलेको पछिल्ला १० मध्ये आठ एकदिवसीय खेलमा जित हात पारेको छ। यसको विपरीत अफगानिस्तानले भने यसअघि ओल्ड ट्राफोर्डमा एउटा पनि खेल खेल्ने अवसर पाएको छैन। इङ्ल्यान्ड र अफगानिस्तानबीचको खेल जारी विश्वकपको २४औं खेल हो। उक्त खेलपछि जारी विश्वकपमा २४ खेल नै बाँकी रहन्छ।

आजको खेल

इङ्ल्यान्डविरुद्घ अफगानिस्तान

ओल्ड ट्राफोर्ड (दिउँसो ३ :१५ बजे) म्यानचेस्टर

विश्वकपमा दुई टोली

कुल  : १ खेल

इङ्ल्यान्ड विजयी  : १ खेल

अफगानिस्तान विजयी  : ० खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.