बझाङ जीप दुर्घटनाप्रति कांग्रेसको दुःख व्यक्त
काठमाडौं : बझाङको मष्टा गाउँपालिका १ मा सोमबार जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। सोमबार बझाङको माष्ट गाउँपालिका १ मा से १ झ १०७२ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको घटनाप्रति कांग्रेसका सभापति शेरबहादुर देउवा दुःख व्यक्त गरेका हुन्।
९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको करिब २४ घण्टापछि कांग्रेस सभापतिले दुःख व्यक्त गरेका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनप्रति समवेदन प्रकट गरेका छन्। पौडेलले देउवाको तर्फबाट घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
दुर्घटनाका ४ घाइतेको उपचार भइराखेको छ।