पाटेकर निर्दोष भएपछि प्रधानमन्त्री मोदीसँग तनुश्रीको गुनासो

पाटेकर निर्दोष भएपछि प्रधानमन्त्री मोदीसँग तनुश्रीको गुनासो

नयाँदिल्ली : फिल्मी क्षेत्रमा ‘मिटू’ अभियान लगभग हराउनै लाग्दा बलिउड अभिनेत्री तनुश्री दत्तको ‘केस’ले भने झन् ठूलो रुप लिएला झैँ भएको छ । बलिउडकर्मी नाना पाटेकरमाथि यौन दुव्र्यवहारको मुद्दा लगाएकी तनुश्री अदालतले आरोप पुष्टि नभएको भन्दै फैसला गर्दा पनि आफ्नो गुनासो छोड्न तयार देखिएकी छैनन् ।

तनुश्रीको आरोपमा प्रमाण नभेटिएको भन्दै अदालतले नाना पाटेकरलाई ‘क्लिन चिट’ दिइसकेपछि पनि तनुश्रीले यो मुद्दालाई उठाइरहेकी छन् । हालै मात्र उनले आफ्नो गुनासो प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष नै राखेकी छन् ।

उनले विज्ञप्ति नै लेख्दै प्रधानमन्त्री मोदीलाई प्रश्न गरेकी छन् । उनले सार्वजनिक रुपमै भारतमा चेलीहरु किन सुरक्षित छैनन् भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् ।

यसअघि उनले प्रहरीको पनि विश्वास नलाग्ने भन्दै प्रश्न उठाएकी थिइन् ।

लगत्तै पाटेकरलाई छुट दिइएकोमा प्रधानमन्त्री मोदीसँग गुनासो गरेकी हुन् । उनले मोदीले नेतृत्व गरेको मुलुकमा किन यस्तो असुरक्षा भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । तनुश्रीको यस्तो अभिव्यक्तिबारे प्रधानमन्त्री वा पाटेकर कसैले पनि जवाफ फर्काएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.