कृषि बजार विकासका लागि उचित समन्वय आवश्यक

कृषि बजार विकासका लागि उचित समन्वय आवश्यक

काठमाडौं : कृषि बजारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनै तहका सरकार, निजी क्षेत्र र दातृ निकायबीच उचित समन्वय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

‘बजार प्रणाली विकासका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले कृषिमा अथाह सम्भावना भएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र, सहकारी तथा दातृ निकाय समेतको सहयोगमा कृषि उत्पादन तथा बजार विकास मार्फत् लाभ उठाउनुपर्ने बताए। 

मन्त्री लामाले प्रदेश ३ सरकारले सिन्धुलीके मरिण तथा तीनपाटनमा क्रमशः १२१ विघा तथा १०० विघामा खेती सुरु गराइसकेको बताउँदै सिन्धुपाल्चोक र नुवाकोटमा पनि सोही खालका कृषि परियोजना सुरु गर्ने क्रमममा रहेको बताए। 

उनले दातृ निकायलाई प्रदेश ३ मा विभिन्न कृषि उत्पादनको सम्भावनाबारे अध्ययन गरी तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तु उत्पादनमा सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा अर्थशास्त्री डा. पोषराज पाण्डेले बजार प्रणाली सफल रुपमा सञ्चालन हुनका लागि सूचनाको उपलब्धता, स्थानीय आवश्यकता, सार्वजनिक स्वार्थ, स्थानीय आवश्यकता, जवाफदेहीता र सञ्चालनमा कुशलता आवश्यक रहेको औंल्याए।

त्यस्तै, बजार विकास मञ्चलाई सहयोग गरिरहेको स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) की कार्यक्रम अधिकृत यमुना घलेले संघीय प्रणालीमा बजार प्रणाली विकासको विधिबारे स्पष्टता आवश्यक रहेको भन्दै हामीले कृषि बजारमा अबलम्बन गर्न खोजेको प्रणाली र यसका कर्ताहरुका सम्बन्धमा प्रष्ट हुनुपर्ने बताइन्। 

कार्यक्रम प्रदेश ३ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय, बजार विकास मञ्च (मार्केट डेभलपमेन्ट फोरम–नेपाल) तथा कृषिमा नवप्रवर्तन साझेदार (सहज) ले आयोजना गरेको हो।  कार्यक्रम सहज नेपाल र स्वीस सरकारको संयुक्त पहल हो।

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.