भृकुटीमण्डपमा १३औं वृहत शैक्षिक मेला हुँदै
काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले वृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेला संघको १३ औं संस्करण हो ।
मेला यही असार २६ देखि २९ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ । शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सही जानकारी र परामर्श पाउने अपेक्षा गरिएको छ । आयोजकले विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई पनि मेलामा निम्त्याएको छ ।
मेलामा एक लाख भन्दा बढी मानिसले अवलोकन गर्ने पनि अपेक्षा छ । करिब ४ सयको स्टल रहने प्रदर्शनी धुलोमुक्त क्षेत्र साथै फ्रि वाइफाइ र लाइभ टक सो पनि हुने बताइएको छ ।