गुठी जग्गामा बनेका संरचना सरकारले कब्जा गर्नुपर्छ : महेश बस्नेत

गुठी जग्गामा बनेका संरचना सरकारले कब्जा गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचना सरकारले कब्जामा लिनुपर्ने बताएका छन्। 

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको बताउँदै उनले जग्गा हडप्नेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए। 

‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएका छन्’, उनले भने, ‘छाया सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ।’ काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने उनले बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनु पर्नेमा उनले जोड दिए। 

गुठीको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विधेयक विगतमा नेपाली कांग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा कांग्रेस देखिनु लाजमर्दो भएको उनको भनाइ छ। उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पुर्‍याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन्।’

कांग्रेस नेता नवीन्द्रराज जोशी, सम्पदा अभियन्ता पवित्र बज्राचार्यलगायतले रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै विधेयक फिर्ता लिनुपर्ने माग गरेका थिए। 

यता मंगलबार नै सरकारले विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। सिंहदरबारमा पत्रकार सम्मेलन गरेर भूमीसुधारमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराएकी हुन्। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.