'मिडियाले फेसबुकलाई गुरु थापे, कस्तो समाज बन्छ ?'

'मिडियाले फेसबुकलाई गुरु थापे, कस्तो समाज बन्छ ?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यम र सोसल मिडियाका बारेमा असन्तुष्टि जनाएका छन्। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले 'सञ्चार क्षेत्र संक्रमणकालीन अवस्थामा रहेको' भन्दै स्थापित सञ्चारमाध्यमले पनि सोसल मिडियालाई गुरु थापेको आरोप लगाए।

'फेसबुकका सञ्चालकले फेसबुक सिर्जना गरेर गल्ती गरेँ भनेर यसै भनेका होइनन्', उनले भने, 'सामाजिक मूल्य, मान्यता, शिष्टता र मर्यादा बिर्सनु हुँदैन।' फेसबुकका संस्थापक मार्क जुकरबर्गले क्याम्ब्रिज एनालिटिका कम्पनीमार्फत् फेसबुक प्रयोगकर्ताको तथ्यांक 'लिक' भएपछि ठूलो गल्ती भएको स्वीकारे पनि फेसबुक स्थापना गरेर गल्ती गरेको भने भनेका थिएनन्।  

प्रधानमन्त्रीले नेपाली मिडियाले भाषा बिगारेकामा पनि असन्तुष्टि जनाए। 'तपाईँ भन्ने नेपाली भाषाको शब्द हरायो। नेपाली भाषामा बालाई तपाईँ नै भन्ने चलन हुन्छ। नेपाली भाषाको आफ्नो सभ्यता छ', उनले भने, 'कुनै भाषामा लिंग छुट्टिएको हुँदैन, आदरार्थी छुट्टिएको हुँदैन। भाषाको मर्म हुन्छ।'

मिडियाहरूले सामाजिक संजाललाई गुरु थापेको उनले आरोप लगाए। 'स्थापित संचार माध्यम पनि तिनलाई फलो गर्नतिर लाग्ने हो भने हामी कस्तो समाज सिर्जना गर्छौँ ?', प्रधानमन्त्रीले प्रश्न गरे, 'जसलाई मैले गाली गरेँ त्यसलाई मात्र गाली लागेको हुँदैन। संचारमाध्मबाट गाली गरिएको कुरा सार्वजनिक हुन्छन्। त्यसले सबैलाई असर गरेको हुन्छ।' सामाजिक सञ्जालमा बोल्ने कुरामा सम्वेदनशील हुनुपर्ने प्रधानमन्त्रीको भनाई छ।

'कतिपय आफूलाई विद्वान भन्नेहरू' ले 'संस्कृतिको रक्षा' शब्द बोल्दा पनि 'त्यहाँ भित्र अमर्यादा र अभद्रता देखिने गरेको' प्रधानमन्त्रीले बताए। 'म मात्रै बाँच्नुपर्ने होइन। मैलेमात्र भविष्य र परिणाम बेहोर्नुपर्ने होइन', प्रधानमन्त्रीले भने, 'परिवार र समाजमा हामी सबै बाँच्नुपर्छ।'

आफ्ना कुरा तथ्यपूर्ण र तर्कपूर्ण र मर्यादित तरिकाले भन्न प्रधानमन्त्रीले आग्रह गरे। 'धेरै कुरा भनेँ भने तपाईँहरूलाई के क्यारी गर्ने (के लेख्ने) के नगर्ने समस्या होला', पत्रकार सम्मेलनको अन्तिममा प्रधानमन्त्रीले पत्रकारहरूलाई भने- 'सबैको भलो होस्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.