समता अस्पतालमा आत्महत्या : सञ्चालकसहित तीन पक्राउ

समता अस्पतालमा आत्महत्या : सञ्चालकसहित तीन पक्राउ

काठमाडौं : समता अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी विमला तामाङले आत्महत्या गरेपछि सञ्चालक पक्राउ परेका छन्। प्रहरीले मंगलबार सञ्चालक कला सञ्जेलसहित तीन जनालाई पक्राउ गरेको हो।  रामेछाप, दोरम्बाकी तामाङको शव झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेको थियो।

२७ वर्षीया तामाङ दुई महिनादेखि अस्पतालमा सरसफाइ सहयोगीका रुपमा कार्यरत थिइन्। महानगरी प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार तामाङको गोजीमा अस्पतालकी संचालक सञ्जेलसहित दुई कर्मचारीको नाम उल्लेखित कागजको टुक्रा फेला परेको छ। 

सोही आधारमा सञ्चालक सञ्जेलसहित तीन कर्मचारीलाई सोधपुछका लागि पक्राउ गरिएको डीएसपी बोगटीले बताए। पक्राउ परेकी सञ्जेलसहित तीन कर्मचारीलाई गौशाला प्रहरी वृत्तमा राखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.