संसारकै कान्छो बन्दी : जसलाई १४ वर्षमै जेलमा थुनियो, १८ वर्षमा फाँसी सुनाइयो !

संसारकै कान्छो बन्दी : जसलाई १४ वर्षमै जेलमा थुनियो, १८ वर्षमा फाँसी सुनाइयो !

२०११ मा जब साउदी अरबमा त्यहाँको राजतन्त्र, तानाशाही व्यवस्था तथा शोषणको विरोधमा आन्दोलन भएको थियो । मुस्लिम प्रभुत्वको यस मुलुकमा सडकमै जनता राजतन्त्रविरुद्ध ओर्लिएका थिए ।

सोही आन्दोलनमा १७ वर्षीय अली कुरेसिसलाई प्रहरीले गोली प्रहार गरी हत्या गरिदियो । उक्त घटनाको विरोधमा उनकै १० वर्षीय भाइ मुर्तजा कुरैसी आन्दोलनमा उत्रिए । उनी आन्दोलनको अगुवा झैँ अग्रभागमा नेतृत्व गर्दै थिए । तर उनको यस्तो गतिविधिप्रति प्रहरीले शंका गर्न थाल्यो । उनी पनि कुनै हतियारधारी समूहबाट सञ्चालित हुन् कि भन्ने प्रहरीको चासो थियो । अन्ततः सिंगो साउदी सरकार नै एक बालकको पछि लाग्यो ।

आन्दोलनले ठूलो रुप त लियो तर अलीको हत्याका दोषीलाई कारवाहीको कुनै गुन्जायस भएन । आन्दोलन सरकारले दबाएरै छोड्यो । घटना यतिमै सकिएन। प्रहरीको निशानामा परेका ती बालक मुर्तजा जब १४ वर्ष पुगे, त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्यो । राजनीतिक बन्दीको रुपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । भलै मुर्तजाविरुद्ध आतंकवादी समूहसँगको साँठगाँठ जस्ता अनेक मुद्दा सरकारले लगाएको थियो । ४ वर्ष जेलमा राखेर १८ वर्ष पुगेपछि बल्ल उनको मुद्दाबारे बहस भयो ।

त्यसो त, उनलाई फाँसीको सजाय दिनुपर्ने निर्णयमा अदालत पुग्यो । यससँगै मुर्तजाको बचाउका लागि संसारभर मानवअधिकारकर्मी तथा अन्य थुप्रै युवा लागिपरे ।

पछिल्लो समय साउदी अरबमा उनको बचाउमा थुप्रै समूह आन्दोलित भएका छन् । साउदी अरबसँगै बाहिरी मुलुकमा समेत उनको पक्षमा आन्दोलन भएपछि सरकारलाई दबाब परेको हो । बुद्धिजीवी, लेखक, कानुन व्यवसायीलगायत मुर्तजाको पक्षमा उत्रिएपछि पनि साउदी सरकारलाई दबाब भएको हो । यतिसम्म कि, साउदी सरकारको कानुनकै निन्दा पनि भएको थियो ।

विडम्वना त के भने, १४ वर्षको उमेरमा पक्राउ परेका मुर्तजालाई ४ वर्ष जेलमा राख्दा कसैसँग भेट्न समेत दिइएन । मुर्तजाविरुद्धमा सरकार विरोधी प्रदर्शन, आतंकवादी संगठनसँग सम्बन्ध, सुरक्षावलमाथि फायरिङ गरेको जस्ता आरोप लगाइएको थियो । यतिमात्रै नभएर ती बालकलाई प्रहरीले कुटपित गरेको समेत अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

साउदी सरकारका अनुसार नाबालिकलाई फाँसी दिन नमिल्ने भएकाले पनि उनलाई २०१९ सम्म बन्दी बनाएरै राखिएको हो । जब उनी १८ वर्षको उमेर पुगे यसपछि मात्रै उनको मुद्दामा बहस भएको हो । मुर्तजालाई अदालतमा हाजिर गराइँदा सरकारी वकिलले नै उनलाई फाँसी दिन माग गरे । अनि सरकारले फाँसीको सजाय सुनायो । तर, परिस्थिति साउदी सरकारको विपक्षमा उल्टियो । संसारभर एमनेस्टी इन्टरनेश्नललगायत थुप्रै अधिकारकर्मी मुर्तजाको पक्षमा आन्दोलित भए । यतिसम्म कि, साउदीकै कतिपय मुस्लिम समुदाय पनि आन्दोलनमा उत्रिए ।

यस्तै दबाब झेल्न नसकेर साउदी सरकार अहिले आफ्नै निर्णयबाट पछि हट्नु परेको छ । अब मुर्तजालाई फाँसीको सजाय नदिएर जेल सजायबाटै मुक्त दिने भनिएको छ । २०२२ सम्म उनलाई जेलमै राखेर त्यसपछि मुक्त गर्ने फैसला गर्न सरकार बाध्य भएको हो । यससँगै मुर्तजा संसारकै सबैभन्दा कान्छो राजनीतिक बन्दी बनेका छन् ।

-एजेन्सीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.