टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

भक्तपुर : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक मंगलबार टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। 

बा ४ ख ५६७१ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका प्रदेश नं ३-०२-००३ प १२६६ नम्बरको स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो। मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक पाँचखाल  नपा ९ घर भई हाल भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलमा बस्दै आएका थिए। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुइटै सवारीसाधन भक्तपुरको जगातीबाट काभ्रेतर्फ जाँदै थिए। नलिञ्चोकको उकालो पुग्दा स्कुटरले टिपरलाई  ओभरटेक गरेको थियो। सोही क्रममा स्कुटर टिपरको बायाँ साइडको चक्कामा ठक्कर खान गएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार टिपरसँग ठक्कर खाएर लडेको स्कुटरका चालका श्रेष्ठलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। स्कुटरले सफल ओभरटेक गर्न नसक्दा घटना भएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै सवारीसाधन र टिपर चालक रामेछाप सुनपाती गाउँपालिका ३ घर भई हाल भक्तपुर नपा १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। 

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.