पत्रकार सम्मेलनमा धमलामाथि प्रधानमन्त्रीको हमला

पत्रकार सम्मेलनमा धमलामाथि प्रधानमन्त्रीको हमला

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोस्टम घेराऊ गरेपछि संसदमा बोल्न नपाएका प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरे। 

‘संसदमा बोल्न नपाएको विषय बोल्न पत्रकार सम्मेलन गरेको हैन’, पत्रकार सम्मेलनको सुरुवातमै ओलीले स्पष्ट पारेका थिए । तर, संसदमा रोस्टम घेराऊ कांग्रेसप्रतिको आक्रोश भने कम भइसकेको थिएन, प्रधानमन्त्री ओलीको। प्रधानमन्त्री ओलीले गुठी विद्येयकलाई लिएर आफूप्रति खनिएका आलोचकप्रति पनि अक्रोश थियो। त्यही आक्रोशको सिकार बने पत्रकार ऋषि धमला। 

पत्रकार सम्मेलनमा बोलिसक्ने बित्तिकै प्रधानमन्त्रीलाई नमस्कार गर्न पुगे धमला। तर, प्रधानमन्त्री ओलीले धमलाको नमस्कार फर्काएनन्। बरू धमलाप्रति उल्टै हमला गरे। धमलाले नमस्कार गर्ने बित्तिकै प्रधानमन्त्री ओलीले धमलाकै शैलीमा भने, ‘तपाईंले विद्येयकले संस्कृतिको मुटुमा छुरी हान्यो, भन्या हैन?’

धमलाले जवाफ फर्काए, ‘मैले भनेको छैन।’ फेरि प्रधानन्त्रीले आफ्नो नाकतर्फ देखाउँदै भने, ‘किन भनेको छैन? टीभी हेर्ने म यहीँ छु।’ यति भनेर प्रधानमन्त्री पत्रकार सम्मेलन स्थलबाट बाहिरिए। प्रधानमन्त्रीको आक्रोशबाट नाजवाफ भएका धमला मज्जाले हाँसे।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.