अमिताभ बच्चनकी नातिनीसँग डेटिङबारे मिजानको यस्ताे जवाफ !
नयाँदिल्ली : बलिउडकर्मी जावेद जाफरीका छोरा मिजानले अमिताभ बच्चनकी नातिनी नब्या नबेली नन्दासँग नजिकिएको भन्नेबारे आएका समाचारको खण्डन गरेका छन् ।
जब कि, पछिल्लो दुई वर्षयता मिजान र नब्याको अफेयरको चर्चा मिडियामा हुँदैआएको छ । २०१८ मा उनीहरुको एक फोटो भाइरल नै भएको थियो । जहाँ उनीहरु दुबै पार्टीमा जाँदै गरेका थिए । गाडीमा सँगै गएका उनीहरु मिडियाका क्यामेरासँग लुक्दै गरेका देखिन्थे ।
यसअघि २०१७ जुलाइमा दुबैजना एउटा पार्टीबाट फर्किँदै गरेको फोटो सार्वजनिक भएको थियो । त्यहाँ पनि उनीहरु मुख छोप्दै गरेका थिए । मिजानले भने उनी आफ्नो असल साथी भएको स्पष्टिकरण दिएका छन् । बलिउडमा करिअर बनाउने तयारीमा रहेका मिजानले एक अनलाइनमा अन्तर्वार्ता दिँदा यस्तो बताएका हुन् । नयाँ फिल्मको प्रमोसनको लागि दिएको अन्तर्वार्तामा उनलाई नब्यासँगको डेटिङबारे प्रश्न सोधिएको थियो ।
यस क्रममा उनले नब्या आफ्नो बहिनीको अति मिल्ने साथी भएको भन्दै आफूहरुबीच प्रेम सम्बन्ध नरहेको बताएका हुन् । साथै आफूहरु एउटै मित्रता समूहको रहेको उनको भनाइ थियो । भारतीय मिडियाहरु भने अमिताभकी नातिनीसँग मिजानको लभ अफेयर्स नै भएको टिप्पणी गर्दैआएका छन् ।