बहिनीको गीतमा दिदीको अभिनय (भिडियो)
काठमाडौं : गायिका दीपा र संगीता सुहाङ दिदी बहिनी हुन्। बहिनी दीपा मीठो गीत गाउँछिन् र अभिनयसमेत गर्छिन् ।
लिम्बू गीत र पूर्वेली भाकाबाट नेपाली गीत संगीतमा उदाइरहेका दिदी बहिनीको सहकार्यमा नयाँ गीत सार्वजनिक भएको छ। ‘कस्तो माया’ बोलको गीतमा बहिनी दीपाले स्वर दिएकी छन् भने दिदी संगीताले अभिनय गरेकी छन्।
अशोक क्षेत्रीले रचना गरेको गीतमा एकान्त आङदेम्बेले संगीत भरेका हुन्। भिडियोमा उमेश राई (फुलन्देकी आमा)सँग सञ्चारकर्मीसमेत रहेकी संगीताले अभिनय गरेकी हुन्। भिडियोका केही दृश्यमा गायिका दीपा स्वयम्लेसमेत अभिनय गरेकी छन्।
भिडियो निर्देशनमा एकान्त आङदेम्बेलाई संगीता साथ दिएकी छन्।