नेपाल लोक स्टार र आईएमईबीच सम्झाैता

नेपाल लोक स्टार र आईएमईबीच सम्झाैता

काठमाडौं : लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगीत विधा हो । यस विधामा प्रत्येक वर्ष हजाराैं गीत रिलिज हुन्छन् । युट्युब र र दृश्य सञ्चारमाध्यममा करोडौं पटक हेरिन्छन् । संगीत विधामध्ये सबैभन्दा धेरै उत्पादनमूलक विधा पनि लोकसंगीत नै हो ।

विश्वव्यापीकरणको यस युगमा लोकसंगीत युवा पुस्ताको समेत रुचि भइरहेको आभास लोक संगीतका स्रष्टा आफंैले गर्ने गरेका छन् । लोकसंगीतलाई व्यावसायिक बनाउने प्रयासस्वरूप नेपाली टीभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी सो विधासँग लोकसंगीतलाई समायोजन गरी नेपाल लोक स्टार कार्यक्रम जन्मेको हो । यस कार्यक्रमको लागत करिब १० करोड रुपैयाँ रहेको छ । यसको निर्माण चाहना मिडियाले गर्दैछ ।

आगामी असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान एचडीबाट यस कार्यक्रमको ३६ शृंखला निर्माण गरिनेछ । यो कार्यक्रमको प्रमुख प्रायोजकको रूपमा आईएमई आबद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनका लागि गरिएको हो । यस सम्झौतापश्चात् कार्यक्रमको नाम आईएमई नेपाल लोक स्टार रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.