प्राणघातक डेंगुसँग यसरी भिड्दैछ धरान : ७६२ लाई डेंगु, ७२९ घर फर्किए

प्राणघातक डेंगुसँग यसरी भिड्दैछ धरान : ७६२ लाई डेंगु, ७२९ घर फर्किए

धरान : महामारीको रुपमा फैलिएको प्राणघातक रोग डेंगुबाट प्रभावित भएका धरानका ७२९ बिरामी उपचार पश्चात घर पर्किएका छन्। डेंगु रोग लागेका अन्य ३३ जनाको अस्पतामा उपचार भइरहेको छ।

महिनादिनदेखि धरानमा फैलिएको डेंगुबाट हालसम्म ७६२ जनामा डेंगु रोग देखा परेको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएका ६६६ बिरामीमध्ये ६४९ जना उपचार पश्चात घर फर्किको सहायक निर्देशक विकास साहले जानकारी दिएका छन्। उनका अनुसार प्रतिष्ठानमा १७ जना डेंगु रोगका बिरामीको उपचार भैरहेको छ।

वियपुर अस्पताल धरानमा ९६ जना डेंगु रोगका बिरामीहरुले उपचार गराएको निर्देशक प्रभाव खतिवडाले बताएका छन्। उनले अस्पतालमा १६ जना बिरामी उपचाररथ रहेको जानकारी दिए।

प्रदेश १ सरकारले डेंगु रोगका बिरामीको उपचार निःशुल्क गर्ने घोषना गरी ८० लाख विनियोजन गरेको भएपनी बिरामीहरुले अस्पतालमा शुल्क तिरेरै उपचार गर्नु परेको गुणासो गरेका छन्। विजयपुर अस्पतालमा उपचार गराएका ९६ जना बिरामीले शुल्क तिरेरे उपचार गराउका हुन्।

प्रतिष्ठान भर्ना भएका धेरै बिरामीले शुल्क तिरेरै उपचार गर्न परेको गुणासो गरे। धरान १५ का कुमार भारतीले प्रदेश सरकारले निशुल्क उपचार भनी प्रचार मात्र गरेको आरोप लगाएका छन्। उनले प्रतिष्ठनामा डेंगु बिरामीको निःशुल्क उपचार नभएको गुनासो गरे। सहायक निर्देशक डा. साहले भने डेंगु लागेका बिरामीको मात्र निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताए। प्रतिष्ठानले निःशुल्क उपचार गरिएका बिरामीको संख्या भने खुलाउन सकेको छैन।

डेंगु नियन्त्रणका लागि खटिएका प्रतिष्ठानका डा. विजय खनालले क्रमिक रुपमा डेंगु नियन्त्रण हुँदै आएको बताए। उनले प्रहरी, स्थानीय बासिन्दाको सहयोगकमा धरानका प्रत्येक घर, ग्यारेज, उद्योगधन्दा, कलकारखाना, होटल र पानी जमेका खुल्ला स्थानमा लामखुट्टे मार्ने काम भैरहेको बताए।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले मंगलबार बिहानैदेखि प्रहरी परिचालन गरी लामखुट्टे मार्ने काम भैइरहेको बताए। प्रहरीले ग्यारेजमा जथाभावि रुपमा राखेका गाडीका टायर बरामद गरेको छ। टायर भित्र जमेको पानीमा लामखुट्टेले अण्डा पारी संक्रमित लामखुट्टेको उत्पत्ति भएका कारण ग्यारेजका सबै टायर बरामद गरिएको उनको भनाई छ।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाईबाट धरानमा डेंगु रोग फैलिएको हो। धरानबाट फैलिएको डेंगु रोगको प्रकोप सुनसरीको इटहरी, बराहषेत्र, रामधुनी र इनरुवामा समेत फैलिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.