एउटै पालीमा सर्वाधिक रनको कीर्तिमान

एउटै पालीमा सर्वाधिक रनको कीर्तिमान

विश्वकप क्रिकेटको इतिहासमा एकै पालीमा सर्वाधिक रन बनाउने टोलीको कीर्तिमान अस्ट्रेलियाको नाममा छ । अस्ट्रेलियाले सो कीर्तिमान सन् २०१५ को विश्वकपमा बनाएको थियो । उक्त विश्वकपको पर्थमा खेलिएको अफगानिस्तानविरुद्घको खेलमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर चार सय १७ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान डेभिड वार्नरले एक सय ७८, स्टिभन स्मिथले ९५ र ग्लेन म्याक्सवेलले ८८ रन बनाएका थिए । 

जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तान ३७.३ ओभरमा एक सय ४२ रनमा अलआउट भएपछि अस्ट्रेलियाले दुई सय ७५ रनले खेल जितेको थियो । विश्वकपमा अफगानिस्तानको यो पहिलो सहभागिता थियो । त्यसअघि विश्वकपमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान भारतको नाममा थियो ।

 भारतले सन् २००७ को विश्वकपमा बर्मुडाविरुद्घको खेलमा निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर चार सय १३ रन बनाएको थियो । हालसम्म विश्वकपको एउटै पालीमा चारपटक चार सयभन्दा बढी रन बनेको छ । दक्षिण अफ्रिकाले सन् २०१५ को विश्वकपमा आयरल्यान्डविरुद्घ चार विकेट गुमाएर चार सय ११ र सोही विश्वकपमा वेस्ट इन्डिजविरुद्घ पाँच विकेट गुमाएर चार सय आठ रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.