विप्लवका गतिविधि निस्तेज पार्नू : गृहमन्त्री

विप्लवका गतिविधि निस्तेज पार्नू : गृहमन्त्री

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहविरुद्ध सरकार आक्रामक बनेको छ। गृहमन्त्री रामबहादुर थापाले सातै प्रदेशका प्रहरी प्रमुखलाई मंगलबार मन्त्रालयमा डाकेर यसबारे सचेत पारेका छन्।

एक घण्टा लामो छलफलमा मन्त्री थापाले विप्लवका गतिविधि पूर्ण नियन्त्रणमा राख्न उनीहरूलाई निर्देशन दिए। विप्लवका गतिविधिको सूक्ष्म निगरानी गरी पूर्ण निस्तेज पार्ने रणनीति बनाएर काम गर्न पनि उनले निर्देश गरे। ‘शान्ति–सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुने गरी काम गर्नू’, बैठकमा सहभागी एक डीआईजीले मन्त्रीको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘तपाईंहरूको रणनीति जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने खालको हुनुपर्‍यो। अवाञ्छित गतिविधिलाई पूर्ण नियन्त्रण हुने गरी काम गर्नुस्।’

प्रतिपक्षले साना विषयलाई पनि उछालेर सरकारी कामकाजमा बाधा पुर्‍याइरहेकाले त्यसबारे पनि सचेत रहनुपर्ने मन्त्री थापाको भनाइ थियो। उनले आफू सरकारी कर्मचारी हुँ भन्ने मात्रै नठानी जिम्मेवार नागरिक बन्न प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिए। ‘प्रदेशअनुसार समस्या र विशिष्टता फरक छन्, सोहीअनुसार काम गर्नुस्’, उनले भने, ‘तस्करीका नयाँ रुट खुलेको सुनिन्छ र कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका खबर पनि आउने गरेका छन्। सचेत भएर काम गर्नुस्।’

बैठकमा मन्त्रीसँगै गृहसचिव प्रेमकुमार राई, प्रदेश प्रहरी प्रमुखहरू प्रदेश १ का ठाकुर ज्ञवाली, प्रदेश २ का प्रद्युम्न कार्की, प्रदेश ३ का शेरबहादुर बस्नेत, गण्डकीका विनोद शर्मा घिमिरे, प्रदेश ५ का सुरेशविक्रम शाह, कर्णालीका पूर्णचन्द्र जोशी र सुदूरपश्चिमका तारणीप्रसाद लम्साललगायत सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.