दक्षिण अफ्रिकालाई बलियो न्युजिल्यान्डको चुनौती

दक्षिण अफ्रिकालाई बलियो न्युजिल्यान्डको चुनौती

बर्मिङ्घम : जारी विश्वकप क्रिकेटको बुधबार हुने खेलमा बलियो न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। उक्त खेल बर्मिङ्घमस्थित एजबस्टनमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुवै निकै पुराना र अनुभवी टोली हुन्। यद्यपि, यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।

न्युजिल्यान्डले पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको छ भने दक्षिण अफ्रिका सन् १९९२ पछि मात्र विश्वकपमा सहभागी भएको हो। न्युजिल्यान्ड हालसम्म एक पटक सन् २०१५ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा फाइनलसम्म पुगेको थियो। त्यतिबेला न्युजिल्यान्डलाई फाइनलमा अर्को सहआयोजक अस्ट्रेलियाले सात विकेटले हराएको थियो। दक्षिण अफ्रिका भने विश्वकपमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

जारी विश्वकपमा भने दक्षिण अफ्रिकाभन्दा न्युजिल्यान्ड बलियो देखिएको छ। न्युजिल्यान्ड हालसम्म अपराजित छ भने दक्षिण अफ्रिकाले एउटा खेलमात्र जित्न सकेको छ। हालसम्म चार खेल खेलेको न्युजिल्यान्डले तीन जित हात पारेको छ भने एक खेल वर्षाका कारण अनिर्णित रूपमा सकिएको छ। तीन खेलमा पराजित भएको दक्षिण अफ्रिकाले एक खेलमात्र जितेको छ। एक खेल भने वर्षाका कारण रद्द भएको थियो। आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई डकवर्थ एन्ड लेविस नियमका आधारमा नौ विकेटले हराएको थियो।

त्यसैले न्युजिल्यान्ड बुधबार हुने खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने धुनमा छ। अर्कोतिर दक्षिण अफ्रिका पनि बलियो न्युजिल्यान्डलाई स्तब्ध पार्दै सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न चाहन्छ। दक्षिण अफ्रिकासँग सेमिफाइनल प्रवेशको सम्भावना जीवित राख्न बाँकी सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन।

यसअघिका विश्वकपमा यी दुई टोलीबीच सात पटक आपसमा भिडन्त भएको छ। पाँच खेलमा न्युजिल्यान्ड विजयी भएको छ भने दुई खेल दक्षिण अफ्रिकाले जितेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भने हालसम्म यी दुई टोलबीच कुल ७० खेल भएको छ। एकदिवसीय प्रतियोगिताको तथ्यांकमा भने न्युजिल्यान्डभन्दा दक्षिण अफ्रिका निकै बलियो देखिन्छ। ७० मध्ये दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ भने न्युजिल्यान्डले २४ खेलमा मात्र सफलता हात पारेको छ। पाँच खेल भने अनिर्णित रूपमा सकिएको छ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि न्युजिल्यान्डले यसअघिकै खेलाडीलाई मैदानमा ओराल्ने सम्भावना छ। यद्यपि, अन्तिम ११ टोलीमा कोलिन मुनरोको स्थान हेनरी निकोल्सले लिन सक्छन्। घाइते भएका कारण अघिल्लो खेलमा अनुपस्थित तीव्रगतिका बलर लुन्गी निग्दी बुधबार दक्षिण अफ्रिकी टोलीमा फर्कने सम्भावना छ।

न्युजिल्यान्डले बुधबारको खेलमा केन विलियम्सन, रोस टेलर, ट्रेन्ट बल्टजस्ता खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ। दक्षिण अफ्रिकाका लागि भने क्विन्टन डी कक, फाफ डु प्लेसिस, कागिसो राबडाजस्ता खेलाडीको प्रदर्शन महत्वपूर्ण बन्न सक्छ। यी दुई टोलीबीच बुधबारको खेल हुने एजबस्टनमा यसअघि पहिलो ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय २७ रन बनाएका छन्। दोस्रो ब्याटिङ गर्ने टोलीको औसत रन भने एक सय ७९ रन हो।

यसैगरी एजबस्टनमा हालसम्म बनेको सबैभन्दा ठूलो स्कोर चार सय आठ रन हो भने सबैभन्दा कम रन ७० हो। कुनै पनि टोलीले दोस्रो पाली ब्याटिङ गरेर भेट्टाएको सबैभन्दा ठूलो लक्ष्य दुई सय ८० रन हो। उक्त मैदानमा खेलिएका पछिल्ला चारमध्ये तीन खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ।

आजको खेल

न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिका

एजबस्टन (दिउँसो ३ :१५ बजे)

कदिवसीयमा दुई टोली

कुल  : ७० खेल

दक्षिण अफ्रिका विजयी  : ४१

न्युजिल्यान्ड विजयी  : २४

अनिर्णित  : ५ खेल

विश्वकपमा दुई टोली

कुल  : ७ खेल

न्युजिल्यान्ड विजयी  : ५ खेल

दक्षिण अफ्रिका विजयी  : २ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.