भेनेजुएलाले रोक्यो ब्राजिललाई
एजेन्सी : ब्राजिलमा जारी कोपा अमेरिकाको बुधबार बिहान भएको खेलमा आयोजक ब्राजिल भेनुजुयलासँग बराबरीमा रोकिएको छ । बलियो ब्राजिल तुलनात्कमरुपमा कमजोर मानिएको भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको हो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर निरन्तर आक्रमण गरेपनि ब्राजिलले भेनेजुएलाको बलियो रक्षापंतीलाई चिरेर गोल गर्न सकेन।
पहिलो खेलमा बोलिभियालाई ३–० ले हराउँदै रवाफ देखाएको ब्राजिलले भेनजुएलासँग भने निराश भई अंक बाँड्न बाध्य भयो । ब्राजिल रहेको समूह ए कै बुधबार बिहान भएको अर्काे खेलमा पेरुले बोलिभियालाई ३–१ ले पराजित गर्यो । ब्राजिल ४ अंककासाथ शीर्ष स्थानमा रहँदा पेरु पनि समान अंकका साथ दोस्रो स्थानमा छ ।