स्थानीय तहको विकास खर्च ५० प्रतिशत पनि पुगेन
बैतडी : आर्थिक वर्ष सकिनै लाग्दा बैतडीका स्थानीय तहको बजेट खर्च निराशाजनक देखिएको छ। दुई स्थानीय तहबाहेक अन्यले पुँजीगत खर्च ५० प्रतिशत पनि गर्न सकेका छैनन्।
सुर्नया गाउँपालिकाले ९ करोड ५ लाख पुँजीगत बजेटमध्ये ३ करोड ५७ लाख मात्रै खर्च गर्न सकेको छ। यो ३९. ४७ प्रतिशत हो। ‘गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ढिला आएकाले विकास बजेट खर्च हुन नसकेको हो। काम धेरै भएको छ। अब भुक्तानी दिँदा खर्चको दायरा बढ्ने छ’,सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टले भने, ‘केही योजना ढिलो सुरु भएकाले समस्या भएको छ।’
उनले उपभोत्ताmा समितिले योजनाको सम्झौता गरी पेस्की रकम लगेर काम सम्पन्न गरिसकेको बताए। भुक्तानी गर्ने बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो। ‘केही दिन अघिमात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन्, अब केही खर्चको प्रतिशत बढ्नसक्छ’, लेखापाल भट्टले भने। डिलाशैनी गाउँपालिकाले चालु आर्थिक वर्षको पुँजीगत बजेट ९ करोड ६२ लाख ६ हजार ६ सय मध्ये अहिले सम्म दुई करोड ४८ लाखमात्रै खर्च गर्न सकेको छ। यो विकास बजेटको २५ प्रतिशत खर्च मात्रै हो। गाउँपालिकामा सञ्चालित योजनाहरु अन्तिम चरणमा रहेकाले विकास बजेट केही दिनमै पूरा खर्च हुने गाउँपालिकाका लेखापाल भानदेव जोशीले दाबी गरे।
शिवनाथ गाउँपालिकाले ११ करोड ५५ लाख पुँजीगत बजेटमध्ये ३ करोड ४९ लाख ९१ हजार मात्रै खर्च गरेको छ। यो पुँजीगत बजेटको ३०.२९ प्रतिशत मात्रै हो। प्राविधिकको अभावमा समयमै योजना सुरु गर्न नसक्दा विकास बजेट खर्च कम भएको लेखापाल प्रेमराज भट्टले बताए।
गाउँपालिकामा प्राविधिक कर्मचारी कम हुँदा भौतिक पूर्वाधारका काम समयमै सुरु हुन नसकेकाले विकास बजेट कम खर्च भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने, ‘करारमा प्राविधिक भर्ना गरेर काम गरिरहेका छौं। अहिले योजनाको काम सम्पन्न हुने चरणमा छन्। केही दिनमा वित्ताीय प्रगति बढ्नेछ।’
पाटन नगरपालिकाको पनि विकास खर्चको स्थिति निराशाजनक छ। पाटन नगरपालिकाको १५ करोड ८९ लाख पुँजीगत बजेटमध्ये ५ करोड ७० लाख खर्च भएको छ। यो विकास बजेटको ३५.८७ प्रतिशत हो। ढिलो गरी नगरसभाबाट योजना पारित भएकाले विकास बजेट कम खर्च भएको नगरपालिकाका प्रवत्ता लोकबहादुर भण्डारीले बताए।
उनले भने, ‘हाम्रो योजनाको काम माघदेखि अघि बढेको हो। काम सुरु हुने बित्तिाकै कर्मचारी समायोजनका कारण सबै कर्मचारी सरुवा भएर गए। वैशाखदेखि मात्रै प्रमुख प्रशासकीय अधिकृत आएका छन्। भुक्तानीको प्रक्रिया चलिरहेको छ। योजनाको भुक्तानी अन्तिम चरणमा पुगेकाले केही दिनमै विकास खर्च बढ्नेछ।’
पुरचौंडी नगरपालिकाको १२ करोड ६० लाख पुँजीगत बजेटमध्ये ५ करोड ५३ लाख मात्रै खर्च भएको छ। ‘कर्मचारी समायोजन भएपछि ३ महिनापछि लेखापाल आए। कर्मचारी नभएकै कारण खर्चको स्थिती निराशाजनक भएको हो’, नगर उपप्रमुख जानकी ऐर बमले भनिन्। दोगडाकेदार गाउँपालिकाले दोस्रो चौमासिकसम्म ४४ प्रतिशत विकास बजेट खर्च भएको जनाएको छ। बाँकी दुई महिनाको खर्च विवरण सार्वजनिक गर्न बाँकी रहेको लेखापाल लोकेन्द्र भट्टले बताए।
बैतडीको सिगास गाउँपालिकाले पनि पुँजीगत बजेट १० करोड ६० लाख ६० हजार मध्ये ४ करोड ४९ लाख मात्रै खर्च गर्न सकेको छ। योजनाको काम अन्तिम चरणमा रहेकाले केही दिनमै खर्च बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए।
जिल्लाको मेलौली नगरपालिकाले ११ करोड ६२ लाख ७५ हजारको पुँजीगत बजेटमध्ये ८ करोड ३७ लाख १८ हजार खर्च भएको लेखापाल भानदेव भट्टले बताए।
जिल्लाको दशरथचन्द नगरपालिकाले भने अन्यस्थानीय तहको तुलनामा विकास बजेट खर्चमा प्रगति हासिल गरेको छ। १४करोड ४० लाख पुँजीगत बजेटमध्ये १० करोड १३ लाख खर्च भइसकेको लेखा अधिकृत यज्ञराज लेखकले बताए।
पञ्चेश्वर गाउँपालिकाले भने चालु आर्थिक वर्षको पुँजीगत बजेटमध्ये ९० प्रतिशत बढी खर्च भइसकेको दाबी गरेको छ। १५ करोडको पुँजीगत बजेटमध्ये ९० प्रतिशत बढी खर्च भइसकेको निमित्ता प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टले बताए।
स्थानीय तहमा जनप्रतिनिधि आए पनि विकासमा असारे प्रवृत्तिा दोहरीरहँदा नागरिक भने निकै निराश भएका छन्। ‘गाउँगाउँमा सिहंदरबार आयो भन्थे तर पुरानै प्रवृति कायम छ। काम पहिलाको भन्दा कम गुणस्तरीय भएका छन्’,मेलौलीका लोकराज भट्टले भने।
उनले डोजरले खन्नु मात्रै विकास भनेर जनप्रतिनिधिको बुझाइ रहेको बताए। असारको महिना हतारहतारमा बजेट सक्ने प्रचलन कायमै छ, जनप्रतिनिधिले आफ्नो दायित्व नै बुझेका छैनन् जस्तो लाग्छ।’