सासूससुुराप्रति आभारी प्रियंक
मुम्बई : फादर्स डे को अवसरमा अभिनेत्री प्रियंका चोपडाले आफ्ना सासूससुरालाई छोरीजस्तै व्यवहार गरेकोमा आभार व्यक्त गरेकी छिन् । बलिउडदेखि हलिउडसम्म चर्चा कमाएकी प्रियंका २०१८ डिसेम्बरमा अमेरिकी अभिनेता तथा गायक निक जोनाससँग विवाहबन्धनमा बाँधिएकी थिइन् ।
उनीहरूको विवाह इसाई र हिन्दु दुवै परम्पराबाट भएको थियो । अफवाह थियो कि उनी ससुरालमा खुसी छैनन् । तर प्रियंका र निक जोडीले त्यो अफवाह मात्रै भएको जवाफ दिएका छन् ।
आइतबार प्रियंकाले सासू डेनिस र ससुरा केविन जोनासप्रति समर्पित गर्दै ट्विट गरेकी छिन् कि मलाई आफ्नो छोरी सरह माया दिनु भएकोमा पूर्ण आभारी छु । उनले स्टेटससँगै ससुरासँगै उभिएको तस्बिर पनि सेयर गरेकी छिन् । उनको यो स्टेटस निकै भाइरल भएको छ ।
प्रियंकाले हालै सोनाली बोस कि फिल्म ‘द स्काई इज पिंक’ की छायांकन सकाएकी छिन् । फिल्मको मुख्य भूमिकामा फरहान अख्तर र जायरा बसिम पनि रहेका छन् ।