चित्रद्वारा सम्पदा संरक्षणमा माैन आन्दोलन

चित्रद्वारा सम्पदा संरक्षणमा माैन आन्दोलन

काठमाडौं : सम्पदा देशको पहिचान हो। यो मासिनु भनेको राष्ट्रको पहिचान संकटमा पर्नु हो भन्दै सरकारको ध्यानाकर्षण गराउँदै छन् चित्रकार। ध्यान खिच्ने सवालमा सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा रहेका चित्र पनि छन् जहाँ ईशान परियारको संस्मरणात्मक चित्रले संस्कृति र सम्पदा संरक्षण गर्नुपर्ने मौन आन्दोलन गरिरहेछन्।

ग्यालरीमा राखिएका थुप्रै आर्टमध्ये ‘माई गर्ड इज इन् प्राइभेट कलेक्सन’ शीर्षकको चित्र हेर्दा हरकोही नेपालीको मन कटक्क हुन्छ। उक्त चित्रमा एउटा विशाल ताल छ। जुन तीतेकरेलीको शरीर जस्तै छ। एक व्यक्ति डुंगामा बहाना खियाउँदै छन्। एक महिला बच्चा समातेर उही डुंगामा बसेकी छन् र त्यसको छेवैमा छ एक सुन्दर मूर्ति। कालीको स्वरूपमा बनेको त्यो भव्य मूर्ति यतिबेला अमेरिकामा छ। १६औं शताब्दीमा बनेको उक्त मूर्ति समुद्रपारि कसरी पुग्यो ?  कसले पुर्‍यायो ?  केही थाहा छैन। उक्त मूर्ति नेपालबाट अमेरिकाको अक्सन हाउसमा पुगेको थियो। २०१६ जुनमा लिलामीमा राखिएको थियो र बिक्री पनि भयो।

ईशानका चित्रमा डुंगा र तीतेकरेली सांकेतिक रूपमा प्रयोग भएका छन्। उनी भन्छन्, ‘डुंगाले रूपान्तरित समयलाई बुझाउँछ भने तीतेकरेलीले हाम्रो समाजको तीतो सत्य बुझाउँछ।’ देशका मौलिक सम्पदा हराउँदै गएको प्रति चिन्ता प्रकट हुने उनका चित्र अहिलेको सन्दर्भमा अझै मेल खाने देखिन्छन्।

भूकम्पपछि तहसनहस भएका मठमन्दिर र बेवारिसे बनेका ऐतिहासिक, पौराणिक कला कृति र देवदेवताका मूर्ति संरक्षणको बाटो पर्खिरहेको उनका चित्रले देखाउन खोजेका छन्।

पोखराबाट काठमाडौं आउँदा यहाँका सम्पदाले उनको मन लोभ्याएको थियो। भन्छन्, ‘दरबार स्क्वायर घुम्दा स्वर्गमा छु जस्तै महसुस भयो।’ उपत्यकाका मठमन्दिरको भव्य कलाशैली देखेर ईशानको चित्रकलाप्रतिको रुचि यसै विषयमा केन्द्रित हुँदै गएको थियो।

क्याम्पस पढ्दा प्रोजेक्ट वर्कको रूपमा काठमाडौं, भक्तपुर र पाटनका मठमन्दिर घुमेर चित्र कोरेको उनलाई याद छ। त्यही सिकाइले उनमा सम्पदाप्रतिको मोह बढ्दै गएको बताउँछन्।

‘हाम्रा सम्पदा अमूल्य छन्’, उनी भन्छन्, ‘यसको संरक्षण हुनुपर्छ।’ भावी पुस्ताले पनि ऐतिहासिक सम्पदा संस्मरणमा मात्र होइन आँखा अगाडि देख्न पाउनुपर्ने उनी बताउँछन्। उनको चित्रमा काष्ठमण्डप, बुङमतीका मन्दिर, रानीपोखरीको बालगोपाल मन्दिर छन्। ती सबै वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बन्ने। प्रदर्शनीमा चित्रकार ईशानले २०१६ देखि हालसम्म बनाएका २८ पेन्टिङ समावेश छन्। जसमा नौ वटा पेन र इन्कबाट कोरिएका रेखा चित्र छन्। बाँकी १९ वटा चित्र एक्रेलिक रङबाट पोतिएका छन्। डुंगामा विराजमान गरुड, गणेश, भैरव र बज्रले समयसँगै बदलिन सक्ने सम्पदाको पहिचानलाई इंगित गर्छ।

‘रिमिनिसेन्सेस’ शीर्षक दिइएका उक्त चित्रले नेपाली सम्पदा संरक्षण गर्नुपर्ने सन्देश दिन्छ। कलामै स्नातकोत्तर गरेका ईशान स्वयम्भूको द एक्सिलसियर विद्यालयका कला शिक्षकसमेत हुन्। प्रदर्शनी असार २४ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.