योगाको भिडियो प्रचार गर्दै भारतीय प्रधानमन्त्री मोदी

योगाको भिडियो प्रचार गर्दै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगा गर्दै गरेका केही तस्बिर त सार्वजनिक भएकै हुन् । यसपटक अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा त उनले योगा भिडियोको ‘प्रोमोसन’ नै गरे ।

हालै मोदीले योगाशन सिकाउँदै गरेको एक भिडियो सामाजिक संजालमा भाइरल नै बनेको छ । त्यसो त, प्रधानमन्त्री मोदी आफैँले योगका विभिन्न आठ आशन सिकाउँदै गरेको ‘एनिमेटेड’ भिडियो ट्वीट गरेका छन् ।

जहाँ उनले ‘सूर्य नमस्कार’सिकाउँदै गरेका छन् । भिडियोमा मोदी एउटा ठूलो बन्द कोठामा छन् । पहेँलो टिसर्ट र कालो ट्राउजरमा उनी देखिन्छन् । योगा दिवसभन्दा दुई दिनअघि मोदीले आज ट्वीटरमा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

‘के तपाईँले सूर्य नमस्कारलाई आफ्नो तालिका बनाउनुभएकाे छ?’ मोदीले ट्वीटमा भनेका छन्, ‘यसको नियमित अभ्यास गर्दा कस्ता फाइदा छन् भन्नेबारे थाहा पाउन यो भिडियो हेनूस् ।’

मोदीले भिडियोमा भने सूर्यनमस्कारका उपयोगिताबारे पनि चर्चा गरेका छन् । मूलतः उक्त भिडियो ‘ब्लू क्राफ्ट डिजिटल फाउन्डेशन’ नामको एक संस्थाले योगा दिवसको अवसरमा तयार पारेको एक प्रचार सामग्री नै हो ।

प्रधानमन्त्री मोदी यसअघि पनि उक्त संस्थाले आयोजना गरेका थुप्रै कार्यक्रममा सहभागी भइसकेका छन् । उक्त संस्थाले पनि ‘मोदीसँग योगा’ लगायत केही कार्यक्रम समेत सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.