सुन तस्करी मुद्दा : तीन न्यायाधीशसँग ७ दिनभित्र स्पष्टिकरण मागियो

सुन तस्करी मुद्दा : तीन न्यायाधीशसँग ७ दिनभित्र स्पष्टिकरण मागियो

काठमाडौं : सुन तस्करीसम्बन्धी मुद्दा मुछिएका उच्च अदालत विराटनगरका तीनजना न्यायाधीशलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको परिषद वैठकको निर्णय अनुसार उच्च अदालत विराटनगरका न्यायाधीशहरु थीरबहादुर कार्की, साधुराम सापकोटा र उमेश सिंहलाई स्पष्टिकरण पेश गर्न भनिएको हो ।

परिषदले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीशहरु सारङ्गा सुवेदी र जनक पाण्डेलाई आइन्दा अदालत र न्यायाधीशको मर्यादा राख्न थप सावधानी अपनाउन सचेत गरिएको छ । 

विवादमा तानिएका न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र उमेशराज पौडेलको अवकास भएका कारण उजुरी तामेलीमा राख्ने निर्णयसमेत भएको छ । न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार परिषदबाट सर्वसम्मत रुपमा उक्त निर्णय भएको हो ।

सुन तस्करी प्रकरण साढे ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंकामा भएको छानविन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार र बुधबार न्याय परिषद वैठक बसेको थियो ।
 
‘तीनजनाको हकमा सफाइ र तीनजनालाई सफाइ पेश गर्न निर्णय भएको छ । भोलि वा पर्सीमै पत्र जान्छ,’ सहसचिव एवं प्रवक्ता कार्कीले अन्नपूर्णसँग भने । यी न्यायाधीश उपर छानविनका लागि न्यायापरिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको अधिकारसम्पन्न समिति गठन गरेको थियो । समितिले अघिल्लो साता प्रधानन्यायाधीश समक्ष छानविन प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.