लोकतन्त्र बदनाम हुने काम कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली

लोकतन्त्र बदनाम हुने काम कसैले गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्नु नहुने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने बताए। ‘हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘निष्पक्षता, स्वच्छता र  पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ।’

प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताए। ‘सरकारलाई असहयोग गर्ने, सरकार बेठिक रहेछ भन्ने बनाउने र जनतालाई निराश पार्ने काम भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ। तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ। ती कुरामा सजग हुनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले कसैले गल्ती गर्‍यो भन्ने ठाउँ दिन नहुने बताए। ‘सबै मन्त्रालयलले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने, प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले भने, ‘कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ।’

नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सिर्जना भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं। द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले सबै खाले प्रतिकुलतालाई परास्त गरेर सहज परिस्थिती बनाएका छौं।’ 

ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई एकजुट भएर लाग्न आग्रहसमेत गरे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.