अवैध पाकिस्तानीलाई क्यानडा पुनर्वास

अवैध पाकिस्तानीलाई क्यानडा पुनर्वास

काठमाडौं : अवैध रूपले नेपाल बस्दै आएका १३ पाकिस्तानी पुनर्वासका लागि क्यानडा गएका छन्। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले उनीहरूलाई गत जेठ ३० गते क्यानडा पठाएको हो। कतार एयरको जहाजबाट उनीहरू क्यानडा गएका हुन्। आइओएमले हवाइ टिकटलगायतका आवश्यक कागजपत्र उपलब्ध गराएपछि अध्यागमन विभागले उनीहरूलाई प्रस्थान अनुमति दिएको हो। यसअघि जेठ २३ गते ३२ जना पाकिस्तानी र ५ जना बंगाली क्यानडा गएका थिए। नेपाल प्रवेश गरी राहदानीलगायतका कागजात नष्ट गरेका छन्।

उनीहरूले नेपालस्थित राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) को कार्यालयमा गएर पाकिस्तानमा आफूहरू असुरक्षित भएको जिकिर गर्दे युएनएचसीआरमा शरणार्थीको निवेदन दिएका थिए।

युएनएचसीआरको प्रस्तावमा मन्त्रिपरिषद्को फागुन २८ को बैठकले ७४ आप्रवासीको भिसा र विलम्ब शुल्क मिनाह गर्ने निर्णय गरेको थियो। सरकारले ४७ पाकिस्तानी, १९ सोमालियाली, ५ बंगली र १ म्यानमारका अवैध आप्रवासीको भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना मिनाहा गरेको हो। उनीहरू सन् २००० देखि २०१७ सम्ममा नेपाल प्रवेश गरेका थिए।

भिसा नियमित गरी अध्यागमन विभागले ती पाकिस्तानीलाई प्रस्थान अनुमति दिएको हो। भिसा र विलम्ब शुल्क मिनाहा भएपछि अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले उनीहरूलाई क्यानडा पुनर्वासको प्रबन्ध मिलाएको हो। युएनएचसीआरले अवैध आप्रवासीको भिसा र विलम्ब शुल्क मिनाह गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।

अवैध आप्रवासीलाई युएनएचसीआरले शरणार्थीको रूपमा संरक्षण गर्दै आएको छ। नेपालले त्यस्ता विदेशीलाई अवैध आप्रवासीको रूपमा लिएको छ। गृह मन्त्रालयले भुटानी र तिब्बती नागरिकलाई मात्र शरणार्थीको रूपमा व्यवहार गर्दै आएको छ। पाकिस्तान, बंगलादेशका, सोमालियालगायत मुलुकका नागरिक र म्यान्माका रोंहिज्याको अवैध नेपाल प्रवेश दिनँहु बढ्दै गएको छ।

उनीहरू सबै पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। भिसाको म्याद गुज्रिएपछि समेत उनीहरू नेपाल बसेका थिए। भिसाको म्याद गुज्रिएपछि उनीहरू शरण खोज्दै युएनएचसीआर कार्यालय पुगेका थिए। नेपालमा कति अवैध आप्रवासी गैरकानुनी रूपमा बसोबास गर्दै आएका छन् भन्ने तथ्यांक सरकारसँग छैन। युएनएचसीआरले उपलब्ध गराएको तथ्यांकलाई नै गृह मन्त्रालयले आधिकारिक मान्दै आएको छ।

बंगलादेशबाट मावन तस्करले राम्रो काम पाउने प्रलोभनमा काठमाडौं ल्याएका बंगली ठमेललगायतका क्षेत्रमा अवैध रूपमा बसोाबास गर्दै आएका छन्। म्यान्माबाट विस्थापित भएका रोहिंज्याहरू समेत कपनमा अस्थायी शिविर खडा गरी सन २०१२ देखि बस्दै आएका छन। उनीहरू अधिकांश युएनएचसीआरमा शरणार्थीको रूपमा दर्ता भएका छन्। उनीहरू तेस्रो मुलुकमा पुनर्वासका लागि मौका कुरिरहेका छन्। तेस्रो मुलुकमा पुनर्वासका पाउन अवैध आप्रवासीले नेपाललाई प्रयोग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.