किन चोट लुकाएर खेलिरहे हसमतुल्लाह !

किन चोट लुकाएर खेलिरहे हसमतुल्लाह !

म्यानचेस्टर : खेलमा हारजित स्वाभाविक प्रक्रिया हो। विश्वकप क्रिकेटको मंगलबारको खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई एक सय ५० रनले हरायो। त्यसलाई पनि सामान्य र नियमित प्रक्रिया नै मान्नुपर्छ। तर, सोही खेलका क्रममा भएको एउटा गम्भीर घटनाले भने यतिबेला क्रिकेट विश्लेषकहरूको ध्यान तानेको छ।

घरेलु टोली इङ्ल्यान्डले अघि सारेको तीन सय ९८ रनको विशाल विजयलक्ष्य पछ्याउँदै थियो, अफगानिस्तान। ३०औं ओभरको खेल चलिरहेको थियो। अफगानिस्तानका ब्याट्सम्यान हसमतुल्लाह साहिदी क्रिजमा थिए। त्यतिबेला उनी २४ रन बनाएर खेलिरहेका थिए। इङ्ल्यान्डका मार्क उड बलिङमा थिए। मार्क उडले तीव्रगतिमा फालेको एउटा ‘सर्ट पिच’ बल सीधै गएर हसमतुल्लाहको टाउकोमा ठोक्कियो।

हेलमेट लगाएको भए पनि बल टाउकोमा ठोक्किएपछि हसमतुल्लाह रन्थनिएर क्रिजमा ढले। मार्क उडले फालेको बल एक सय ४५ किलोमिटर प्रतिघण्टाको गतिमा उनको टाउकोमा ठोक्किएको थियो। तत्काल चिकित्सकले मैदानमै उनको सामान्य उपचार गरे। त्यसपछि चिकित्सक, अम्पायर र टोलीका पदाधिकारीले पनि उनलाई नखेल्न सल्लाह दिए।

तर, उनले कसैको भनाइ सुनेनन् र पुन: ब्याटिङ गर्ने आफ्नो अडान कायम राखे। लगत्तै उनी ब्याटिङका लागि क्रिजमा फर्किए। असहज रूपमा ब्याटिङ गर्दै उनले ७६ रन बनाए। त्यैपनि उनको टोली पराजित भयो। अन्तर्राष्ट्रिय क्रिकेटमा खेलका क्रममा बलले टाउकोमा लागेर खेलाडीको निधन भएको थुप्रै उदाहरण छन्। केही समयअघि मात्र अस्ट्रेलियन क्रिकेटर फिल ह्युग्सको पनि खेलका क्रममा बलले टाउकोमा लागेर निधन भएको थियो।

त्यसैले खेल अधिकारीहरू हसमतुल्लाहको चोटबाट त्रसित बनेका थिए। खेल सकिएपछि उनलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो। धेरैले हसमतुल्लाहलाई गम्भिर चोट लाग्दा पनि खेल नछाड्नुको कारण बारे प्रश्न गरे। हसमतुल्लाहले खेल नछाडनुको पछाडि जुन कारण दिए त्यो झनै रोचक छ। उनले आफ्नी आमालाई पीडा नहोस् भन्ने उद्देश्यले खेल नछाडेको बताए।

‘आमा टेलिभिजन अगाडि बसेर मेरो हरेक खेल हेर्नुहुन्छ। त्यो खेल पनि उहाँले पक्कै हेर्नु भएको थियो। यदि मलाई तत्काल अस्पताल लगिएको भए उहाँलाई निकै पीडा हुने थियो। त्यसैले चोट सहेर पनि मैले खेललाई निरन्तरता दिएको हुँ’, २४ वर्षीय हसमतुल्लाहले भने। एक वर्षअघिमात्र आफ्नो पिताको निधन भएकाले आफूले आमालाई थप पीडित बनाउन नचाहेको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.