विश्वकप क्रिकेटमा आज प्रभाव पार्न सक्ने खेलाडी

विश्वकप क्रिकेटमा आज प्रभाव पार्न सक्ने खेलाडी

प्याट कमिन्स (अस्ट्रेलिया)

अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया सन्तुलित टोली हो। अस्ट्रेलियाको सबै पक्ष सबल छ। खासगरी अस्ट्रेलियाको ब्याटिङ बलियो छ। उत्कृष्ट ब्याटिङकै कारण अस्ट्रेलियाले थुप्रै खेल जितेको छ। तर, यस्ता धेरै क्षण आएका छन् जतिबेला अस्ट्रेलियाको जितमा बलरहरू महत्त्वपूर्ण सावित भएका छन्।

यिनै बलरमध्ये एक हुन्, प्याट कमिन्स। २६ वर्षीय कमिन्स दायाँहाते तीव्रगतिका बलर हुन्। कमिन्सले अस्ट्रेलियाका लागि हालसम्म ५३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ९३ विकेट लिएका छन्। एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ७० रन दिएर पाँच विकेट हो।

उनले पाँचपटक चार विकेट पनि लिएका छन्। उनी टोलीका कुशल फिल्डर पनि हुन्। उनले हालसम्म १० वटा क्याचसमेत लिएका छन्। जारी विश्वकपमै पनि कमिन्सले ११ विकेट लिइसकेका छन्। अफगानिस्तान र पाकिस्तानविरुद्घको खेलमा उनले तीन÷तीन विकेट लिएका थिए।

वेस्ट इन्डिज र श्रीलंकाविरुद्घको खेलमा भने उनले दुई÷दुई विकेट हात पारेका थिए। उनले भारतविरुद्घको खेलमा पनि एक विकेट लिएका थिए। बिहीबार बंगलादेशविरुद्घको खेलमा पनि उनी टोलीका लागि महत्त्वपूर्ण सावित हुन सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.