बराबरीमा रोकियो ब्राजिल : तीन गोलले मान्यता पाएन

बराबरीमा रोकियो ब्राजिल : तीन गोलले मान्यता पाएन

रियो दी जेनेरियो : कोपा अमेरिका फुटबलको आफ्नो दोस्रो खेलमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ। ब्राजिललाई बुधबार बिहान खेलिएको खेलमा भेनेजुएलाले गोलरहित बराबरीमा रोकेको हो। खेलका क्रममा ब्राजिलले तीन गोल गरे पनि त्यसले मान्यता नपाउँदा घरेलु समर्थक निराश बनेका थिए।

ब्राजिलले गरेको दुईवटा गोललाई भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले मान्यता दिएन। दोस्रो हाफको प्रारम्भमै ग्याब्रियल जिसस र अन्त्यतिर फिलिप कोउटिन्होले गरेको गोललाई भीएआर प्रविधिले अफसाइड घोषित गरेको थियो। त्यसअघि पहिलो हाफमै रोबर्टो फर्मिनोले गरेको गोललाई पनि रेफ्री जुलियो बास्कुननले अमान्य घोषित गरेका थिए।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको ब्राजिल दुई खेलबाट चार अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ। ब्राजिलले आफ्नो पहिलो खेलमा भने बोलिभियालाई ३—० गोलले हराएको थियो। पेरु पनि चार अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ। पहिलो खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको पेरुले दोस्रो खेलमा भने बोलिभियालाई ३—१ गोलले हरायो।

भेनेजुएला दुई अंकसहित दुई अंकसहित तेस्रो र खाता खोल्न नसकेको बोलिभिया चौथो स्थानमा छन्। पेरुका लागि होजे पाउलो ग्वेरेरो, जेफर्सन फरफान र एडिन्सन फ्लोरेजले एक÷एक गोल गरे। ब्राजिलले आफ्नो तेस्रो खेल पेरुसँग खेल्ने छ। भेनेजुएलाले भने लिग चरणको आफ्नो अन्तिम खेलमा बोलिभियाको सामना गर्नेछ।

खेल अवधिभर ब्राजिलले भेनेजुएलालाई दबाबमा राखेको थियो। ब्राजिलका खेलाडीले करिब ७० प्रतिशतभन्दा बढी समय आफ्नो खुट्टामा बल नचाए पनि त्यसले टोलीको जितमा कुनै सहयोग पुर्‍याएन। ‘हामी समर्थकको भावनालाई बुझ्छौं तर, भीएआर प्रविधिलाई पनि हामीले मान्नुपर्छ’, खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले भने।

कोपा अमेरिकामा एसियाका दुई टोली जापान र कतारसहित १२ देशले भाग लिएका छन्। जुलाई ७ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया रहेका छन्। समूह ‘बी’ बाट अर्जेन्टिना, कोलम्बिया, पराग्वे र कतारले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘सी’ बाट उरुग्वे, साबिक विजेता चिली, इक्वेडर र जापानले प्रतिस्पर्धा गर्दैछन्।

प्रत्येक समूहका शीर्ष दुई र दुई उत्कृष्ट तेस्रो टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। यसपटक कतारलाई सन् २०२२ को विश्वकप आयोजकको हैसियतमा आमन्त्रण गरेको हो। जापानलाई पनि आगन्तुक टोलीको रूपमा समावेश गरिएको हो। जापानले कोपा अमेरिकामा दोस्रो पटक सहभागिता जनाउने मौका पाएको हो। जापानले यसअघि सन् १९९९ मा पहिलो पटक भाग लिएको थियो।

कोपा अमेरिका कपको सर्वाधिक सफल टोली उरुग्वे हो। उरुग्वेले १५ पटक उपाधि जितेको छ। त्यसपछि अर्जेन्टिनाले १४ पटक र आयोजक ब्राजिलले आठ पटक उपाधि जितेको छ। पराग्वे, चिली र पेरुले दुई÷दुई पटक तथा बोलिभिया र कोलम्बियाले समान एक÷एक पटक उपाधि जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.