भवन बनाउँदै स्थानीय तह

भवन बनाउँदै स्थानीय तह

प्युठान : जिल्लाका स्थानीय तहले भवन निर्माणलाई तीव्रता दिँदै जान थालेका छन्। आफ्नै प्रशासनिक भवन नहुँदा भाडामा चलिरहेका गाउँ, नगर तथा वडा कार्यालयले जग्गा खोजी गर्दै छन्।

झिमरुक गाउँपालिका–४ बांगेमरोठको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन्। काउछेटारीमा भवन निर्माणका लागि स्थानीय बेलकुमारी जिसी, ललित थापा र कृष्ण केसीले एक÷एक रोपनी जग्गा वडा कार्यालयको नाममा पास गराएका छन्। जग्गादाताले उपलब्ध गराएको तीन रोपनी जग्गामा वडा कार्यालयले भवन निर्माण प्रक्रिया अघि बढाएको छ।

दाताले दिएको जग्गा करिब २७ लाख रुपैयाँ पर्ने वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए। ‘पहिलेकै जीर्ण गाविस भवनबाट दैनिक कामकाज चलाइरहेका छौँ’, उनले भने, ‘दसैंसम्म नयाँ भवन बनाउने गरी योजना अघि बढेको छ।’ नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज हुने उनले बताए। वडासम्म पुग्ने बाटो निर्माणका लागि स्थानीय देवबहादुर जिसी, मीनबहादुर केसी, कृष्णबहादुर केसी, रनबहादुर जिसी र पूर्णबहादुर जिसीले निःशुल्क जग्गा उपलब्ध गराएका छन्।

गाउँमा निर्माण गर्न लागिएको वडा कार्यालयले स्थानीय खुसी भएका छन्। आमाको नाममा भएको जग्गा सबै भाइहरूको सल्लाहमा वडा कार्यालयलाई दिने निर्णय गरिएको बेलुकमारीको जेठो छोरा जगत जिसीले सुनाए। ‘गाउँमा हुने विकासमा बाधा पुर्‍याउनु हुँदैन’, उनले भने, ‘विकासमा सबै एकजुट हुनुपर्छ।’

प्राविधिक स्टिमेटअनुसार वडाको भवन निर्माण गर्न ६० लाख रुपैयाँ बढी खर्च हुने झिमरुक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए। चालु वर्ष जिल्ला समन्वय समितिमार्फत प्राप्त भएको ५० लाख रुपैयाँ ३ र ४ नम्बर वडा भवन निर्माणका लागि विनियोजन भएको उनले जानकारी दिए। भवन निर्माणका लागि वास्तविक खर्च स्टिमेट भइरहेको भुसालले बताए।

झिमरुकका धेरैजसो वडा कार्यालय भाडा र जीर्ण भवनमा छन्। चार नम्बरसहित २, ६ र ७ नम्बरले साविकको गाविस भवनबाट काम चलाइरहेका छन्। अन्य वडाले कोठा भाडा लिएर दैनिक कामकाज सञ्चालन गरिरहेका छन्। गाउँपालिका भवन पनि भाडाकै घरमा छ। भेउतेका स्थानीयबाट निःशुल्क जग्गा लिने प्रक्रिया सकाएको गाउँपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाएको भुसालले जानकारी दिए।

प्युठान नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तह भाडाको घरमा सञ्चालित छन्। धेरैजसो वडा कार्यालय साविकको गाविस भवनबाट दैनिक प्रशासनिक काम चलाइरहेका छन्। ‘पुरानै जुम्रिकाँढा गाविस भवनकै कार्यालयबाट काम चलाइरहेका छौँ’, प्युठान नगरपालिका–५ का अध्यक्ष लछुमन भण्डारीले भने, ‘नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउने योजना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.