मार्टाले तोडिन् क्लोसको कीर्तिमान

मार्टाले तोडिन् क्लोसको कीर्तिमान

पेरिस : ब्राजिलियन महिला खेलाडी मार्टाले विश्वकप फुटबलमा गजबको कीर्तिमान बनाएकी छन्। उनी महिला र पुरुष दुवै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी हुन्। उनकै गोलको मद्दतले ब्राजिल जारी महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार बिहान भएको समूह ‘सी’ को खेलमा ब्राजिलले बलियो प्रतिद्वन्द्वी इटालीलाई १–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।

ब्राजिलको जितमा मार्टाले नै निर्णायक गोल गरिन्। मार्टाले ७४औं मिनेटमा पेनाल्टी गोल गरेकी थिइन्। विश्वकपमा उनले गरेको गोल संख्या १७ पुगेको छ। यसअघि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पुरुष खेलाडी मिरोस्लाभ क्लोसको नाममा थियो। जर्मनीका प्रभावशाली खेलाडी क्लोसले पुरुष विश्वकपमा कुल १६ गोल गरेका थिए।

पाँचौं पटक विश्वकप खेलिरहेकी ३३ बर्षीया मार्टाले हरेक विश्वकपमा ब्राजिलका लागि निर्णायक गोल गर्दै आएकी छन्। मार्टा ६ पटक विश्व वर्ष खेलाडी बन्न सफल कीर्तिमानी खेलाडी हुन्। सन् २००२ देखि ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आएकी मार्टाले देशका लागि एक सय ४३ खेल खेल्दै कुल एक सय १३ गोल गरेकी छन्।

जारी विश्वकपमा यो समूहबाट इटालीले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ। समूहको शीर्ष स्थानमा रहेको इटालीले ६ अंक बनाएको छ। समान ६ अंक बनाएको अस्ट्रेलिया उपविजेता र ब्राजिलले उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। यही समूहअन्तर्गत बुधबार भएको अर्को खेलमा अस्ट्रेलियाले जमैकालाई ४–१ गोलले हराएयो। एकपक्षीय खेलमा अस्ट्रेलियाको जितमा चारवटै गोल साम केरले गरेकी थिइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.